रुसको विपक्षमा उभियो नेपाल, भारत र पाकिस्तान पहिलो पटक एकै कित्तामा

संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथिको संकटबारे भएको मतदानमा बहुमतले रुस विरुद्दको निन्दा प्रस्ताव पारित भएको छ । १४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् । यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन् । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्। भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ। नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

सम्बन्धित सामग्री

पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

एजेन्सी – पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ । भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा […]

भारत पाकिस्तान नजाने

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत अर्को वर्ष एसिया कप खेल्न पाकिस्तान नजाने भएको छ । २०२३ को एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाएको छ । पाकिस्तानमा भारत नजाने भएपछि प्रतियोगिता हुनेमा प्रश्न उठेको छ । मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधरण सभामा यस कुराले प्रवेश पाएको थियो । बिसिसिआईका सचिव तथा एसियन […]

साफ महिला च्याम्पियनसिप : भारत र पाकिस्तान भिड्दै

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् । पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु […]

एसिया कप : पाकिस्तान कि भारत ?

यूएईमा जारी टी–२० एसिया कप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सुपर–फोरमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

आज भारत र पाकिस्तान भिड्दै

दुबइ । एसिया कप टि–२० प्रतियोगिताअन्तर्गत आज चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै छन् । भारत र पाकिस्तानबीर सुपर फोर अन्तर्गतको खेल हुन लागेको हो । यही प्रतियोगिताको पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । दुबइ रंगशालामा हुने खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । हिजो भएको खेलमा श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई […] The post आज भारत र पाकिस्तान भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारत र पाकिस्तान आठ दिन भित्र दोस्रो पटक आमनेसामने हुँदै

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   २०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज

एसिया कप : भारत-पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछि

भारत-पाकिस्तान क्रिकेटमा भिड्दै

एजेन्सी, ११ भाद्र । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए । गत वर्ष टी ट्वेन्ट विश्वकपमा भएको प्रतिष्पर्धामा पाकिस्तानले भारतमाथि जीत निकालेको थियो । १० महिनापछि आमनेसामने हुन लागेका टोलीप्रति चासो बढेको हो । भारत र […]

ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगायाे

काठमाण्डाै – ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्ध आउँदाे शनिवार (पर्सि) देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ । ...