एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य