माओवादी केन्द्रको महासचिव को हुनुपर्ला ? आफ्नो मत दिनुहोस्

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेपनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेको छैन । अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने विधानको व्यवस्था छ । माओवादी महासचिव पदका लागि मुख्यतः दुई नेताबिच प्रतिस्पर्धा हुने देखिएको छ ।