आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । ‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई ३ दशमलव १ प्रतिशत प्राप्त हुने प्रक्षेपण गरेको हो । सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गर्दै आएको छ । एडीबीका अनुसार २०७९/८० मा ५ दशमलव १ प्रतिशत हुनेछ । एडीबीका अनुसार गतवर्षको तुलनामा चालू आवमा मूल्यवृद्धिमा समेत कमी आउनेछ । सन २०२० मा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत रहेकोमा चालू वर्षमा ५ प्रतिशतमा रहने अनुमान एडीबीको छ । दोस्रो चरणको कोरोना फेरि पैmलिए अनुमान मिल्न नसक्ने रहेको एडीबीको भनाइ छ । अहिले गरिएको प्रक्षेपणमा मुख्यतः नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेशन अभियानका कारण आर्थिक गतिविधि चलायमान हुने अपेक्षा एडीबीको छ । कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ४ प्रतिशतले बढ्ने र मौसम अनुकूल भएकाले धान उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र बन्दाबन्दी खुलेयता बिस्तारै चलायमान भएको प्रतिवेदनमा उल्लेख गरेको छ । ठूला, साना तथा मध्यम खालको उद्यमशीलतालाई कोरोनाले असर पुर्‍याएको एडीबीले उल्लेख गरेको छ । बन्दाबन्दीपछि निर्माणको काममा आएको वृद्धि तथा ठूला आयोजनाको निर्माण सम्पन्न हुँदै गर्दा यसले अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुगेको एडीबीले बताएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पहिलो चरणको उत्पादन शुरू हुने र मेलम्ची खानेपानीको वितरण शुरू भइसकेकाले निर्माण क्षेत्रमा २ दशमलव ५ प्रतिशतले वृद्धि हुने समेत एडीबीले बताएको छ । सेवामूलक क्षेत्र ३ दशमलव ४ प्रतिशतले बढ्नेछ । पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किन अझै केही समय लाग्नेसमेत एडीबीको भनाइ छ । यसअघि गत चैतमा विश्व बैंकले चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकको पूर्वानुमान थियो । वैशाख शुरू भएयता नेपालमा दोस्रो चरणको कोभिडले भयावह रूप लिन थालिसकेको छ ।

सम्बन्धित सामग्री

विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने

काठमाडौं । विश्वको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सुधार हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र’bout सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै सन् […] The post विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने

सरकारले मुलुकको आर्थिक अवस्थामा सुधार आएको दावी गरिरहे पनि विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको …

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु […]

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको  तुलनामा  झिनो  सुधार  हो  ।  अप्रिलमा  आईएमएफले  नेपाल

५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण

काठमाडौं, १५ वैशाख । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ हुने प्रक्षेपण गरेको छ । गतवर्षको तुलनामा २ प्रतिशतले वृद्धिदर सुधार हुने प्रक्षेपण गरिएको हो । अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को असरले वृद्धिदर प्रभावित भएको थियो । आज विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकका अनुसार कृषि तथा खानीसहितका प्राथमिक क्षेत्रले वृद्धिदरमा २.३ […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो।सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने बेला भएको वर्षाले क्षति पुऱ्याउँदा धान उत्पादन ९ प्रतिशतले घटेको छ । उद्योग क्षेत्र

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । हालैमात्र जारी गरेको बैंकको रिपोर्ट अनुसार कोभिडपछि यो वर्ष समग्रमा दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदरमा सुधार आउने बताएपनि नेपालको भने ४ प्रतिशत तलै रहने बैंकले बताएको हो । सरकारले भने यस वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।बैंकका अनुसार यस वर्ष दक्षिण एसियामा नै सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धि रहने छ । यस्तै, भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रति

आगामी बर्ष ३.१% आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबी आउटलुक २०२१ ले सन् २०२० मा माइनस १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा यसमा सुधार भई ३.१ प्रतिशत हुने उल्लेख गरेको हो ।हालै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२१ को आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको […]

आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण

काठमाडौं, बैशाख १६ । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ंले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । ‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई […]

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको