जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो

मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरबाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरबाहीका कारण आयोगको करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ । आयोगका अध्यक्ष रामसहाय यादवका निमित्त प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संरचना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका समान खरिदको २० लाख, कुर्सी टे

सम्बन्धित सामग्री

मधेश प्रदेश : आयोग गठन हुन्छ, काम हुँदैन

जनकपुरधाम । पाँच महिनाअघि मधेश सरकारले सुशासन कायम गर्न भन्दै जनलोकपाल आयोग गठन गर्‍यो । सरकारले प्रदेश जनलोकपाल ऐन २०७७, अनुसार गत भदौ २२ गते तीन पदाधिकारी चयन गर्‍यो । लगत्तै तीन सदस्यीय आयोगका लागि जनकपुरधाम मुजेलियास्थित कार्यालय राखियो । तर, त्यहाँ अहिलेसम्म आयोगमा पदाधिकारीबाहेक अन्य कर्मचारी पुग्न सकेका छैनन् । कर्मचारी अभावका...

प्रदेश २ : जनलोकपाल आयोग गठन, सत्ता साझेदार दल असन्तुष्ट

प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नद

प्रदेश २ मा जनलोकपाल आयोग गठन, राम सहाय राय यादव अध्यक्ष

जनकपुरधाम : प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधामका तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्वप्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभाकुमारी महतो नियुक्त भएका छन्।प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नव नियुक्त जनलोकपाल आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गरेका छन्। उनीह