प्रदेश २ : जनलोकपाल आयोग गठन, सत्ता साझेदार दल असन्तुष्ट

प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नद