राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरेको जनाएको छ। यसअघि पुस १२ गतेको निर्णय बमोजिम निर्वाचन अधिकृत नियुक्त भएका जिल्ला न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गर्नुपरेको आयोगले जनाएको छ। आयोगले कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी,बागमतीमा महेन्द्र बहाद

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।

राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु

राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ । निर्वाचनमा बागमती प्रदेशसभाका एकसय नौ जना सांसदमध्ये एकसय ६ जना र स्थानीय तहका दुई

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन्

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा पनि मतगणना सुरु

धनगढी : सुदूरपश्चिममा राष्ट्रियसभाका तीन सिटका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ। धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि मतदान भएको थियो। मतदान सकिएपछि मतगणना सुरु गरिएको हो।सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७५  मत खसेको जानकारी दिए। तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन्।गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना […]

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो

राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ३६६ मत खस्यो

जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा ९८ प्रतिशत मतदान गरिएको छ। कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन्। कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए। प्रदेशसभा सदस्यतर्फ २ जना र…

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को मत परिणाम आजै आउने

विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मत परिणाम आइसक्ने बताए। मतदानका लागि बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।निर्वाचन कार्यालयले खुला, महिला र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ। मतदान पनि सोहीअनुसार हुने लम्सालले बताए। करिब ११ सय मतपत्र गन्नुपर्ने उनको भनाइ छ।प्रदेशसभाका ९२ जना र स्थानीय तहका प्रमुख