राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को मत परिणाम आजै आउने

विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मत परिणाम आइसक्ने बताए। मतदानका लागि बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।निर्वाचन कार्यालयले खुला, महिला र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ। मतदान पनि सोहीअनुसार हुने लम्सालले बताए। करिब ११ सय मतपत्र गन्नुपर्ने उनको भनाइ छ।प्रदेशसभाका ९२ जना र स्थानीय तहका प्रमुख