एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि […]

सम्बन्धित सामग्री

खेलकुद महासंघ भरतपुर महानगर कमिटी गठन

चितवन । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनबाट योग बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो । नेकपा एमाले को जनवर्गिय सङ्गठन नेपाल खेलकुद महासङले यही वैशाख ५ गतेसम्म देश भरी नै जिल्ला तथा पालिका अन्तरगतका कमिटीहरू क्रियाशील बनाउने रणनीति लिएको छ । अहिलेसम्म सो […]

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक

नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा पर्शुराम बस्नेत

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो

खेलकुद महासंघको अध्यक्षमा पौडेल

सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित मंगलबार सम्पन्न सो महासंघ भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उनलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो ।