सोलुखुम्बु – सोलुखुम्बुमा चुनाव सकिएको २ दिनपछि मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा सङ्कलन गरिएको मतपेटिका मंगलबार बेलुकी ५ बजेबाट गणना सुरु भएको हो ।
जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समीक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ । ...