महाधिवेशन उद्घाटनस्थल प्रज्ञा भवनको प्रवेशद्वारमा फेरियो माओवादी ब्यानर

नेकपा माओवादी केन्द्रको महाधिवेशन स्थल प्रज्ञा भवनमा राखिएको प्रवेशद्वारको ब्यानर परिवर्तन भएको छ । पहिले राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा अन्तिम समयमा आएर महाधिवेशनमा रूपान्तरण गरेपछि माओवादीले महाधिवेशनकै ब्यानर राखेको हो । माओवादीको आठौं महाधिवेशनको उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवनमा गर्ने कार्यक्रम छ । उद्घाटन समारोहको केही घण्टा अघि मात्र ब्यानर परिवर्तन गरिएको हो ।

सम्बन्धित सामग्री

छिट्टै विशेष महाधिवेशन गर्छौं : प्रचण्ड

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’ […]

फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि माओवादी नेताहरुमा पनि संक्रमण पुष्टि

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।देशभरबाट १७४२ जना प्रतिनिधि सहभागी भएको माओवादीको सोही राष्ट्रिय महाधिवेशन स्वास्थ्यका दृष्टिकोणले महँगो सावित भएको छ । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए । महा

माओवादी महाधिवेशन : प्रज्ञामा स्थायी कमिटी जारी

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको छ। ८ औं महाधिवेशनमा निर्वाचनउन्मुख माओवादीले केन्द्रीय समितिमा थप गर्नुपर्ने क्लस्टरहरुबारे स्थायी कमिटीमा छलफल गर्नेछ। त्यसैगरी आजै बिहान ११ बजे प्रज्ञा भवनमै बन्दसत्र पनि शुरु हुँदैछ। बन्दसत्रमा नेता देव गुरुङले बिधान मस्यौदाउपर उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको…

माओवादी महाधिवेशन : बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्। छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्। दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन्।  प्रत्येक समूह

माओवादी महाधिवेशन विशेषः प्रतिनिधिहरुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आज बन्दसत्र जारी छ। बन्दसत्र प्रज्ञा भवन कमलादीमा मध्याह्र १२ बजेपछि सुरु भएको हो । बन्द सत्र सुरु हुनु अघि महाधिवेशन प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण निशुल्क गरिएको छ । हलभित्र जानु अगाडी विभिन्न स्थानबाट आएका प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको हो । महाधिवेशनमा नेपाल स्वास्थ्य अभियान युनेस्को […]

माओवादी महाधिवेशन : बन्द सत्र सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।  बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । प्रचण्डको राजनीतिक प्रतिवेदन...

माओवादी केन्द्रको बन्दसत्र सुरु

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । […]

माओवादी महाधिवेशन : प्रज्ञा भवनभित्र प्रवेशमा कडाइ

१२ पुस, काठमाडौं । नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको […]

माओवादी केन्द्रको बन्दसत्र आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन […]

माओवादी महाधिवेशन : एमालेसहित ११ दललाई निम्तो‚ उद्घाटन सर्यो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। यसअघि दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम भए पनि दुई घण्टा पछि धकेलिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न ११ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको ढकालले जानकारी दिए।  ‘नयाँ क्रान्तिकारी विचार