धरानमा एउटै चुनाव चिन्हबाट लड्ने गठबन्धनको तयारी

२४ चैत, धरान । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा […]

सम्बन्धित सामग्री

हर्क साम्पाङले भने, 'धरानमा मलाई सहयोग गर्ने मान्छेले चुनाव जितोस्’

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरानमा जो उम्मेदवार चुने पनि धरानलाई माया र विकासमा सहयोग गर्न चुनिनुपर्ने बताएका छन्।उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।‘जो चुनिए पनि धरानलाई माया गर्ने र धरानको विकासमा मलाई सहयोग गर्ने माननीय चुनियोस्,यही कामना गर्दछु,जय धरान’,उनले भने। उनले आफ्नो काम नगर्ने ठेकेदारहरूलाई सुध्रिन समेत निर्देशन दिएका छन्।

धरानमा प्रचण्ड : मुक्‍सामहाङ्गलाई मन्त्री बनाउने आश्वासन, हर्क साम्पाङको प्रशंसा

३० कात्तिक, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए । यो क्षेत्रमा सत्ता गठबन्धनबाट सुब्बा […]

हर्क साम्पाङको जितको सन्देश : तडकभडक चाहिँदैन चुनाव जित्न, जनताको मन जित्नुपर्छ

सुनसरीको धरान बजारका प्रायः घरका छतमा अहिले पनि काँग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक पार्टीको चुनाव चिह्न अंकित झण्डा देखिन्छन् । निर्वाचनको माहोल छाउँदै जाँदा राजनीतिक पार्टीहरुले कुनै बहुराष्ट्रिय कम्पनीको नयाँ ब्राण्डको विज्ञापनजस्तो चुनाव चिह्नको प्रचार गरिरहेका हुन्छन् । आचार संहिताको धज्जी उडाउँदै तडकभडकपूर्ण ठूलाठूला सभा, ¥याली र भोजभतेर पनि गर्छन् । धरानमा यस पटक पनि दलहरुले यस्तै गरे । तर, जसले धरानको नगरप्रमुखमा चुनाव जिते उनको पक्षमा न चुनाव चिह्न कसैको घरका छतमा देखिए । न त त

धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बी

धरानका नवनिर्वाचित मेयरसँग अन्तरवार्ता : एक्कासि भलबाढी आएको होइन

धरान उपमहानगरपालिकामा एकातिर सत्तारुढ ५ दलीय गठबन्धनको दबदबा, अर्कोतिर वामपन्थी विरासत थाम्ने हुंकार गर्दै सधैँ सत्तामा रहेको एमालेको उम्मेदवार । दुई ठूला प्रतिस्पर्धीको बीचमा निर्वाचन जित्ने आँट गर्दै थिए, धरान–१८ का हर्कराज राई । राई धरानमा २०७६ सालमा भएको उपनिर्वाचनमा चुनाव चिह्न पानीको बोतल लिएर उठेका थिए । त्यसबेला उनले ४२२ मत पाउँदा विजयी बनेका काँग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएका थिए । आफूलाई कम भोट आएको भन्दै निराश नभइ खानेपानीको अभावमा आक्रान्त धरानमा सोही एजेण्डा

मतगणना नसकिँदै धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङको जित निश्चित

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) को जित निश्चित भएको छ ।  धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि हुनुहुन्छ ।  लाैरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गर्नुभएक...

धरानमा अग्रता लिएपछि हर्क साम्पाङले भने : धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ

५ जेठ, विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् । लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् । उनले आठ हजार ९९८ […]

धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् । १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले

धरानमा एमालेले एक्लै चुनाव जित्छ : मञ्जु भण्डारी

विराटनगर : २०५३ सालबाट राजनीति यात्रा आरम्भ गरेकी मञ्जु भण्डारी धरान उपमहानगरपालिकाकी उपमेयर हुन्। लामो समय पार्टीको जिल्ला सदस्यमा रहेर कार्यभार सम्हालेकी उनी चितवनको सौराहामा सम्पन्न दशौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्।पार्टीको जिम्मेवारीसँगै उपमेयर पदको पाँचवर्षे अनुभव बटुलेर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखका लागि चुनावी मैदानमा उत्रिने भएकी छिन्। उनले ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजा

धरानमा वडाध्यक्षको पनि भागबण्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति

८ वैशाख, विराटनगर । सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिकामा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा कांग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी […]