धरानमा अग्रता लिएपछि हर्क साम्पाङले भने : धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ

५ जेठ, विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् । लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् । उनले आठ हजार ९९८ […]

सम्बन्धित सामग्री

समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतको निर्देशन

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । ‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुना

‘अति संवेदनशील क्षेत्रमा आयोगले थप निगरानी गर्छ’

शंकास्पद ठाँउहरु हामीले पहिचान गरिरहेका छौं । जिल्ला सुरक्षा समितीले दिएको सुझाव अनुसार त्यहाँ हुने अवरोध र धाँधली हटाउने प्रयास भइरहेको छ । सबैलाई भयरहीत रुपमा मतदान गर्ने वातावरण बनाउनेछौं ।

सबै मतदान केन्द्रको भिडियो निगरानी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिए ।उनले भने, “अलिकति दायाँबायाँ गरेर वा धाँधली ग