पुरैना ताल क्षेत्रमा १२ वर्षपछि सारसको ‘कमब्याक’

कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ ।  वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।  बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सारसको वासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरूप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामनिसान छैन ।

सम्बन्धित सामग्री

अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै

कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।

पुरानो स्वरूपमा ल्याइँदै पुरैना ताल

१७ वैशाख, धनगढी । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साविककै स्वरूपमा ल्याउन थालिएको छ । भजनी नगरपालिका–७ लालबोझी गाउँको ५६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र ५ …

पुरानै स्वरूपमा फर्काइँदै ‘पुरैना’ ताल

मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।

पुरानै स्वरूपमा फर्काइँदै ‘पुरैना’ ताल

मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।

डेढ दशकअघि बाढीले पुरेपछि खेत बनाइएको १४४ बिघाको ताल ब्युँताइँदै

कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । ०६४ को बाढीले ताल पुरेर बगर बनाएपछि अतिक्रमणमा परेको ताललाई...

पुरैना ताल

बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल । यो ताल जलपंक्षीको मुख्य वासस्थानका रुपमा रहेको छ ।

पुरैना ताल

बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल । यो ताल जलपंक्षीको मुख्य वासस्थानका रुपमा रहेको छ ।

प्राकृतिक पुरैना ताल

कैलालीको कैलारी गाउँपालिका– ३ स्थित प्राकृतिक पुरैना ताल। उक्त तालको नाम हाल कमल पोखरी नामकरण गरिएको छ। तस्वीर: तिलकराज ओझा/रासस

हुटिट्याउँ चरा

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैना ताल छेउमा रहेको हुटिट्याउँ चरा ।

तस्वीर : कञ्चनपुरको पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा

कञ्चनपुरको बेलौरी नगरपालिका ६ स्थित पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा । हिउँदका बेला चिसो छल्नका लागि घोघिँफोड चरा यहाँ आइपुग्ने गर्दछन् । तस्वीर : रासस