२६ विद्यार्थी र दुई शिक्षक संक्रमित भएपछि विद्यालय नै बन्द

पर्वत : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयका २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।सङ्क्रमण भएको हुन सक्ने शंकाको आधारमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक गरी ८२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा सङ्क्रमणको पुष्टि भएको हो।नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार सुरुमा दुई जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गर्दा अरू २५ ज

सम्बन्धित सामग्री

ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन …

जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

मुगु, २१ मङ्सिर । सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनिशौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ । विसं २०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला […]

सांसदको प्रश्न: विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?

प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका...

७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो । सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई […]

हुम्लाकाे एक विद्यालय: जहाँ तीन शिक्षकले पढाउँछन् छ विद्यार्थी

सिमकोट – हुम्लाकाे एक विद्यालयमा छ जना विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीलाई पढाउनकाे लागि विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन्। स्थानीयले आफ्ना बालबालिकाे अध्ययनकाे लागि गाउँ बाहिरका विद्यालय राेज्न थालेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी घट्दै गएको हो। सिमकोट गाउँपालिका-३ को गुम्बा गाउँकी नाक्साल लामाले हिमगिरी प्राथमिक विद्यालय लिमाटाङमा हाल छ जना विद्यार्थीले अध्ययन गर्दै […]

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ,१० साउन । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत […]

शिक्षक शिक्षिकाको बेवास्ताले कुरूप बन्दै सरकारी विद्यालय

रुकुम (पूर्व) : रुकुमपूर्वका धेरैजसो सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत छ। न पठनपाठन, न सरकारको लगानीमा बनेका संरचना सही रूपमा प्रयोग गरिएको छ।पठनपाठन होस् या भौतिक संरचना एवं विद्यार्थी र शिक्षक-शिक्षिकाको आचारसंहितामा कुनै पनि पालना विद्यालय परिवारले गर्न नसक्दा जिल्लास्थित अधिकांश सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत हुँदै गएका छन्।जसमा रुकुमपूर्व सिस्ने गाउँपालिका–१ मा रहेको नवज्योति माध्यामिक विद्यालय भट्टेचौर र आधारभूत विद्यालय लामपाखाको अवस्था हविगत अवस्थामा रहेको छ। भवन न

शुक्लाफाँटामा शिक्षक र विद्यार्थी कोरोना संक्रमित, विद्यालय बन्द

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ रामनगरस्थित श्रीकृष्ण आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी गरी ३ जनामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द गरिएको छ।२ जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना संक्रमण देखा परेपछि विद्यालय बन्द गरिएको हो। शिक्षकलाई ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ आएपछि स्कुल बन्द गरिएको प्रधानाध्यापक दिपक भट्टले बताए।‘सोमबार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीकी आमाको कोरोना जाँच गराउँदा नतिजा पोजेटिभ आएको छ,’ उनल

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । रासस

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो