दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो ।

सम्बन्धित सामग्री

भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

यहाँका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुर थिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७  र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका  नगरवासीलाई खोप लगाइएको थियो ।जिल्लामा हालसम्म

संसद् सचिवालयको खोप कार्यक्रम स्थगित

संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि […]

संसद सचिवालयमा दोस्रो चरणको खोप कार्यक्रम स्थगित

२ जेठ, काठमाडौं । संघीय संसद सचिवालयले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो …

संसद सचिवालयको खोप कार्यक्रम स्थगित

काडमाडौं। संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग सरोकार राख्नेहरुभन्दा बाहिरका व्यक्ति खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै कार्यक्रम नै स्थगित भएको हो। सचिवालयले माग गरिएकोभन्दा दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको थियो। सचिवालयले कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो।

दोस्रो चरणको खोप वैशाख ७ बाट

काठमाडौँ । सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ ।

जेष्ठ नागरिकलाई कोरोना खोप : कसले लगाउने ? कसले नलगाउने ? – डा. रवीन्द्र पाण्डे

आजदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरू हुँदैछ । यो चरणमा सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिँदैछ । अधिकांश जेष्ठ नागरिकमा दीर्घरोग हुने भएकाले खोपको डर र दुविधा अझै हटेको छैन । खोप लगाउने निर्णय गर्नका लागि तलका बुँदा बुझ्नु उपयोगी हुनेछ । १. खोप किन लगाउने ? खोप जीवनरक्षाको लागि लगाउने हो न कि समस्या उत्पन्न गर्नका लागि । यदि कोरोना महामारीको अर्को लहर शुरू भयो वा हामीकहाँ सुषुप्त अवस्थामा रहेको कोरोना संक्रमण सर्‍यो भने जीवनको जोखिम हुने जेष्ठ नागरिक र दीर्घबिरामीलाई हो । तसर्थ खोपको अत्यावश्यक स...

भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए

नयाँदिल्ली / भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी... The post भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए appeared first on Purbeli News.

पहिलो चरणको खोप सफल र सुरक्षित, दोस्रो सोमबारबाट

पहिलो चरणको कोभिड खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएका छन् । ती मध्ये कसैमा पनि कुनै प्रकारको समस्या नदेखिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिले जनाएको छ ।

पर्सामा पहिलो चरणमा ४ हजारलाई लगाइयो कोरोनाविरुद्धको खोप

कृष्णउदास खनाल, वीरगन्ज । नेपालमा जारी कोभिड १९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामापहिलो चरणमा ४ हजार ८ सयलाई खोप लगाइएको छ । देशैभरि माघ १४ गते देखि शुरु भएको पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा ४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख […]

चितवनमा पहिलो चरणको खोप अभियान सम्पन्न

पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।त्यस्तै पूर्वी चित...