प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाउन सुरु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार आयोजित कार्यक्रममा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देललाई खोप लगाएर सुरु भएको हो ।