सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न इबानको माग

काठमाडौं । अनलाइन विजनेश सपिङ्ग पोर्टल तथा ई–वाणिज्य, होम डेलिभरी प्रदायक कम्पनीहरुको छाता संगठन ई–विजनेश एसोसिएसन नेपाल (इबान) ले निषेधाज्ञाको समयमा पनि सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न सरकारसँग माग गरेको छ । पछिल्लो पुस्ताको भरपर्दो र प्रभावकारी अनलाइन सेवा, अन्तर्राष्ट्रिय प्रयोगलाई समेत ध्यानमा राख्दै लकडाउनमा सहज आपूर्तिको उत्तम विकल्पको रुपमा यस्तो सेवालाई निरन्तरता दिन इबानले माग गरेको छ । विविध शंकाको रुपमा होम डेलिभरी सेवामाथि धरपकड नगर्न समेत इबानले माग गरेको छ

सम्बन्धित सामग्री

ई-कमर्स विधेयक : प्रोत्साहनभन्दा निरुत्साहनको डण्डा धेरै

अहिलेकै अवस्थामा पास भयो भने ई-कमर्स विधेयकले नयाँ उद्यमशीलता बढाउने भन्दा भइरहेका स्टार्टअप र उद्यमीहरूलाई काम रोक्न बाध्य बनाउनेछ। मध्यस्थ जिम्मेवारी, लिखित अनुबन्ध, उत्पादन विवरण र अनिवार्य सफ्टवेयर प्रयोगसँग सम्बन्धित प्रावधानहरूले गम्भीर चुनौती सिर्जना गर्दै ई-वाणिज्य व्यवसायहरूको विकासमा बाधा पुर्‍याउँछ।

‘डिजिटलाइजेसनले महिलाहरूलाई घरमै बसेर व्यवसाय चलाउन सहज’

काठमाडौं ।  प्रविधि कसरी चल्छ होइन, किन चलाउने र त्यसबाट कसरी फाइदा हुन्छ भन्ने महत्त्वपूर्ण हुने महिला उद्यमीहरूले बताएका छन् ।  न्यू बिजनेश एजले आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’मा आयोजित ‘वुमन आन्त्रप्रेनरशिप इन द डिजिटल एज’थिमको प्यानल डिस्कसनमा सहभागी उद्यमीहरूले यस्तो बताएका हुन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालले डिजिटल इकोनमी अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको बताइन् । सरकरले डिजिटाइजेसजनमा काम गरिरहे पनि जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको उनको भनाइ छ । सूचना प्रविधि क्षेत्रको विकासको लागि सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको भन्दै उनले भनिन्, 'हाम्रो मुख्य प्राथमिकता डिजिटल साक्षरता पनि रहेको छ । डिजिटल साक्षरताले वित्तीय साक्षरतामा पनि सहयोग गर्छ ।' १५ औं योजनामा ४० प्रतिशत जनसंख्यालाई डिजिटल साक्षरता बनाउने योजना रहेको उनको भनाइ छ । यसमा भौगोलिक कारणले कठिनाइ पनि उत्तिकै रहेको उनले बताइन् । 'सामाजिक सञ्जाल र मोबाइल पुग्नु मात्र डिजिटल साक्षरता होइन । विद्यालय तहदेखि पाठ्यक्रममा नै राखेर डिजिटल साक्षरता समावेश गर्नु पर्छ,' उनले भनिन् ।  सूचना प्रविधिमा लाग्दै आएको दोहोरो करका बारेमा बोल्दै ई-कमर्सको लागि आवश्यक कानून निर्माणमा सरकार लागेको बताइन् । उनले सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याएकोले अब प्रविधिका क्षेत्रमा धेरै अवसर रहेको बताइन् ।   सरकार पनि कानून निर्माण गरिरहेको र सूचना प्रविधिमा वैदेशिक लगानीको बारेमा गर्न लागिएको व्यवस्था गरेको बताइन् । उनले यस्ता सेवाजन्य क्षेत्रको विकास नगरी आर्थिक विकास गर्न नसकिने बताइन् । 'महिला उद्यमीलाई प्रोत्साहन गर्न बिनाधितो सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,' उनले भनिन् । रम्सन नेपालकी सहसंस्थापक रुमी सिंहले डिजिटलाइजेसनले विश्व र मानिसहरूको जिन्दगीमा कस्तो असर गरिरहेको छ भन्नेमा आफ्नो धारणा राख्दै प्रविधिले जुनसुकै व्यवसायलाई असर गर्ने बताइन् । प्रविधिको परिवर्तनलाई हामी ग्रहण गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । 'व्यवसायमा डिजिटल मार्केटिङ, ई-कमर्स लगायतका प्रविधि ग्रहण गर्न सकिन्छ । कुनै पनि व्यवसाय सर्भाइबलका लागि प्रविधिलाई ग्रहण गर्नु आवश्यक छ,' उनले भनिन्, 'प्रविधि कसरी चल्छ भन्दा पनि प्रविधिले हामीलाई के फाइदा हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । प्रविधि कसरी चल्छ भनेर जान्न त्यति आवश्यक पनि छैन । प्रविधिलाई लोकल समस्यालाई कसरी समाधान गर्न प्रयोग गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नियमन र नीति पनि आवश्यक हुन्छ ।' गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले हरेक क्षेत्रमा डिजिटलाइजेसजन रहने बताइन् । नेपाल डिजिटलाइजेसनमा अन्य मुलुकको तुलनामा पछि रहे पनि उक्त दिशामा विस्तारै अघि बढिरहेको उनले बताइन् । 'लकडाउनले पनि डिजिटलाइजेसन अझ अघि बढेको छ । हाल ५१ दशमलव ६ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्,' उनले भनिन्, 'समान अवसर र समावेशीकरण पनि डिजिटलाइजेसन हो । घरमा बसेर नै महिलाले डिजिटलाइजेसनका कारणले धेरै काम गर्न सक्छन् । डिजिटाइजेसनले महिलाहरूलाई घरमा नै बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ ।' 'मोबाइलका कारण संसार नै हातमा छ । मोबाइलबाट व्यवसाय सञ्चालनदेखि धेरै कामहरू गर्न सकिन्छ । मोबाइलबाट नै धेरै अवसरहरू छ,' उनले थपिन् ।

https://www.onlinekhabar.com/2020/06/870351

२२ जेठ, काठमाडौं । सरकारले अनलाइन (ई-कमर्स) व्यवसायलाई कानुनको दायरामा ल्याउने कानुन बनाउन छलफल थालेको छ । नेपालमा व्यवसाय सुचारु रहेको तर नियमनकालागि कानुन नबनेका कारण समस्याहरु आएको भन्दै त्यस्ता व्यवसाय सञ्चालन तथा नियमनका लागि …