काठमाडाैं : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका छन्।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्त रूपमा दल दर्ता गरेका हुन्। दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो।मंगलवार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा चुनावमा प्रतिस्पर्ध