सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिदैँ

सिमसार मासिदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो।...

सम्बन्धित सामग्री

जलकुम्भी झारबाट कम्पोष्ट मल

जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ । सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरीसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो ।संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटा

आज विश्व सिमसार दिवस‚ विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज विश्व सिमसार दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष नेपालमा दिवसको नारा ‘दलदल, पानी, पोखरी र खोला : संरक्षण गरे सर्वहित होला’ भन्ने तय गरिएको छ।नेपालका १० वटा क्षेत्रहरू रामसार सुचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्दछ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सूचीकृत गरिएको थियो। कोशी टप्पुसहित बिसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो,

जलपक्षी गणना सम्बन्धी गोष्ठी रुपन्देहीमा

जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता छ ।           यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।           गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।