विदेशमा गैरकानुनी रूपमा काम गरिरहेका श्रमिकका लागि प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विदेशमा कार्यरत श्रमिकका लागि सुरु गरेको टेलिमेडिसिन सेवा गैरकानुनी रूपमा काम गरिरहेका श्रमिकको लागि प्रभावकारी बन्दै गएको छ । विभिन्न कारणले गैरकानुनी हैसियतमा काम गरिरहेका श्रमिकहरूलाई आफ्नो स्वास्थ्य समस्या राख्ने सजिलो र प्रभावकारी माध्यम टेलिमेडिसिन सेवा बनेको बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले बताउनुभयो ।  उहाँका अनुसार विदेशमा कानुनी हैसियतमा काम गरिरहेका श्रमिकको तुलनामा टेलिमेडिसिन सेवा लिनेहरू कम्पनी छाडेर कागजात विहीन भई गैरकानुनी रूपमा क...

सम्बन्धित सामग्री

रोजगारीका लागि नयाँ गन्तव्य मुलुक खोज्ने बोर्डको योजना अझै पूरा हुन सकेन

काठमाडौँ- वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ । गत आर्थिक वर्षको चार महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरूले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वा...

युरोपमा रहेका श्रमिकले पनि लिन थाले टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि सुरु गरिएको टेलिमेडिसन सेवा प्रभावकारी बन्दै गएको छ । मध्यपूर्व र

विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो ।

वीर अस्पतालमा ‘टेलिमेडिसिन सेवा’ सुरु

कोभिड–१९ युनिफाइड ‘वीर’ अस्पतालले आजदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । कोरोनाको उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालले जनाएको हो । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालले बिहीबारदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

कामपाको नीति तथा कार्यक्रम : कोभिड प्रभावित करदातालाई विशेष छूट

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने घोषणा गरे । ‘कर छूटका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छूट दिइनेछ, यस कार्यका लागि निजीक्षेत्रसमेत परिचालन गरिनेछ,’ उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ । कर छूटअन्तर्गत कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरीवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छूट/सहुलियत दिइनेछ । कोभिड–१९ बाट प्रभावित व्यवसाय जस्तै होटेल, पर्यटनलगायत क्षेत्रलाई उल्लेख्य छूट दिने नीति महानगरपालिकाले सार्वजनिक गरेको छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायी रूपमा बसोवास गर्ने व्यक्तिको लगतसमेत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शøयाको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने, कोभिड–१९ बाट संक्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायत सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिने, विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने, कामपा क्षेत्रभित्र रहेका होटेल, रेस्टुराँ खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना तथा खाजा उपभोग गर्ने स्थलसमेतको मूल्यांकन गर्ने नीति काठमाडौं महानगरपालिकाले लिएको छ । त्यस्ता सेवाप्रदायकको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्ने समेत नीति तथा कार्यक्रममा राखिएको छ ।

पर्वतमा टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै

पर्वत - पर्वतको एक विकट गाउँ फलेवास नगरपालिका–८ ठानामौलामा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन्। स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन्।  ग्...