मतदान केन्द्रभित्र पटका पड्किँदा मोरङ बुढीगंगाको मतदान स्थगित

विराटनगर – मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।  बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।  विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभ...

सम्बन्धित सामग्री

केन्द्रभित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

४ मंसिर, मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर […]