नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह

काठमाडौँ / नेपालमा सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हाे । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात... The post नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेकोले भीडभाड र धर्ना, जुलुस नगर्न काठमाडौं प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको तेस्रो लहर आउने सम्भावना देखिएको भन्दै स्वास्थ्य मापदण्डविपरीत भीडभाड र धर्ना, जुलुस, नगर्न आग्रह गरेको छ ।

कोरोना जोखिम : सरकार नै पालना गर्दैन आफ्नै  निर्देशन

काठमाडौं : भारतमा नयाँ प्रकारको  कोरोना भाइरस संक्रमण तिब्र बढेको र नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ।तर सरकार आफैंले भने यो निर्देशन पालना गरेको पाइएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै देशभर भिडभाड हुने सभा,सम्मेलन, गाेष्ठी, जुलुस नगर्न आग्रह गरेको थियो।  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ‘संक्रमणको जोखिम बढ्दै गएको छ देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठि, सेमिनार, ब

सतर्कता फेरि सतर्कता (सम्पादकीय)

युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविकरूपमा बढेपछि त्यसको दबाब र प्रभाव नेपालमा पर्ने देखिन्छ । लामो खुला सीमा, नागरिक स्तरमा हुने दिनहुँको आउजाउ, सामाजिक अन्तक्र्रियाका कारण भारतमा आउने यस्ता समस्याको प्रभाव नेपालमा पर्ने गर्छ । अवस्थाको मूल्याङ्कन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले भीडभाड हुने कुनै पनि किसिमका सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । केही समययता सङ्क्रमणको घट्दो दर, खोपको प्रयोगजस्ता कारण सर्वसाधारणले विगतको कोरोना कहर बिर्सिएजस्तो देखिन्छ । भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला कुन कुन सर्त र प्रावधान पूरा गरेर सार्वजनिक जीवन सुचारु गरिएको थियो भन्ने हेक्का आम नागरिकले बिर्सिएजस्तो देखिन्छ । सरकारले सार्वजनिक यातायातले पूरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका सर्त तोकेर यातायात सञ्चालनको अनुमति दिएको थियो तर त्यस्ता सर्त यात्रु तथा व्यवसायीले कति पालन गरेका छन् भन्ने स्पष्ट चित्र सार्वजनिक बसहरूमा देखिन्छ । यस्तो अवस्थामा आफू र परिवारका सदस्यको स्वास्थ्य सुरक्षाका लागि हरेक व्यक्तिले सुरक्षाका विधि अपनाउनै पर्छ । सरकारको निर्देशन र निर्णयभन्दा पनि आफँै सुरक्षित हुने सामान्य विधिमा नागरिकले ध्यान दिनैपर्छ । देशभर फागुपूर्णिमाजस्ता भीडभाड हुने खालका चाडवाड आउने क्रममा छन् । लामो समय रोकिएका कतिपय भीडभाडजन्य सार्वजनिक कार्य गर्नुपर्ने अवस्था पनि छ । विद्यार्थीको परीक्षाको तयारी छ । कतिपय यस्ता कार्यलाई पूर्णतः रोक्न सम्भव छैन तर अनावश्यक जुलुस, ¥याली, सभा, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय सञ्चालनमा सरोकारीहरू स्वयम् सचेत हुनपर्छ । हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका सामान्य मापदण्ड पालनामा नागरिक आफँैले आफूलाई जिम्मेवार बनाउनुपर्छ ।