रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् ।लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप

सम्बन्धित सामग्री

रवि र स्वर्णीमले लिए शपथ, संसद यात्रा सुरु

काठमाडौं, १५ वैशाख। सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए। अर्का सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहे।

रवि र स्वर्णिमले मात्रै आज सांसदको शपथ लिने

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले आज विहान ११ः३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित […]