जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

जुम्ला, ३० फागुन । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ । पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा […]

सम्बन्धित सामग्री

स्याउका बिरुवा अब जिल्लाबाहिरबाट नल्याइने

सिमकोट – कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानले उत्पादन गरेका बिरुवा गरिद गरेर वितरण गर्ने भएका छन्। जिल्लामै किसानले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र श्रोत जिल्ला बाहिर नपठाउनका लागि जिल्ला कै बिरुवा खरिद गर्न लागिएको हो। सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीका अनुसार […]

बिक्री भएनन् स्याउका बिरुवा

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउका ३२ वर्षीय घननश्याम बुढा स्याउका अगुवा किसान हुन् । २०७७  सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २ देखि ३ लाख रुपैयाँसम्म कमाए ।  तर यो वर्ष

बिक्नै छाडे जुम्ली स्याउका बिरुवा

चन्दननाथ नगरपालिका २ जुम्लाका नर्सरी व्यवसायी हरिबहादुर कामीले हालसम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् । हरि बहादुरले नर्सरीमा करिब ९० हजारबढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले ६५ हजार बिरुवा बाहिरी […]

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले

जुम्लामा स्याउको हाइटेक नर्सरी

खलङ्गा, असार २६ गते ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जुम्लामा स्याउका बिरुवा उत्पादन गर्न हाइटेक नर्सरी सुरु गरिएको...