देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी बने नगर सभापति

डडेल्धुरा : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बनेका छन्। शनिबार सम्पन्न पालिका अधिवेशनमा जोशी  परशुराम नगरपालिकाको सभापतिमा निर्वाचित भएका हुन्। पालिका अधिवेशनमा दुई सय मत खसेकोमा जोशी १ सय ४८ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत मात्र प्राप्त गरे। ४ मत बदर भएको मतदान अधिकृतले जनाए। उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भएका छन्। सभा

सम्बन्धित सामग्री

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

वडा तथा टोल भेला तथा सभाहरु सकेको गठबन्धनले नगर स्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए।...

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

जसपालाई मेयर दिएको विरोधमा धनुषा कांग्रेसका सभापतिले दिए राजीनामा

जनकपुरधाम : नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरका नगर सभापति मनोज साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिँदै मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। नगर सभापति साह लगायतका नेताहरूले शुक्रबार  जनकपुरमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएका छन्।नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साहसहित कांग्रेसका साढे २ सय सक्रिय सदस्यले राजीनामा दिएको नगर सभापति साहले बताए। सत्तारुढ गठबन्धनको बैठकले जनकपुरध

रौतहटमा दोहोरो झडप : काँग्रेस नगर सभापति र एमाले वडा अध्यक्षसहित ११ जना पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच झडप हुँदा पाँच जना घाइते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव पक्षबीच झडप भएको हो ।काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो । झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु  यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय

कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित

कैलाली । कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित भएका छन् । जिल्लाको गोदावरी नगरपालिकामा सम्पन्न क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा वडा नम्बर १ बाट नगर सभापति हेमप्रकाश उप्रेती र नगर सचिव तेज खड्का पराजित भएका हुन् । एक नम्बर वडामा कांग्रेस दुई प्यानल बनाएर चुनावमा होमिएको थियो। कांग्रेस सभापति शेर बहादुर देउवा निकट रहेका दुवै […]

निर्वाचित पदाधिकारी सम्मानित

नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यमा नगर सभापति रमेश कार्कीलगायत १८ जना पदाधिकारीलाई सम्मान गरिएको छ।...

कांग्रेस महाधिवेशन : मोरङमा देउवा समूहका दुई मात्रै नगर सभापति

१७ असोज, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ पालिकाको नेतृत्वमा संस्थापन इतरपक्ष पुगेको छ । दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ । कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुका अनुसार चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन भएका चारमध्ये एक पालिकामा देउवा पक्षका व्यक्ति आएका छन् […]

कांग्रेस नगर सभापति वडामै पराजित

बैतडी : दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्। नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए।चन्दलाई चन्द्रसिंह थापाले चार मतअन्तरले पराजित गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ र चन्दले ५३ मत प्राप्त गरे।  चन्द १३ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति हुन्।चन्द जिल्ला समन्वय समितिका सदस्यसमेत हुन्। कुल १६ जना क्षेत्रीय प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा २४ जना आकां

कांग्रेस इटहरी नगर सभापति पौडेललाई सफाई

सुनसरी : नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालतले सफाई दिएको छ। अपहरण तथा शरीर बन्धकको मुद्दा खेपिरहेका पौडेललाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सफाई दिएको हो। सोही मुद्दामा पौडेलसँगै नेविसंघका पूर्वकेन्द्रीय सदस्य सूर्य राई र रोशन तामाङले पनि...

दुर्घटनामा नगर सभापति खड्काको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।