'४/१२ ब्यबस्थाको यथोचित सम्बोधन गरि पुँजीबजारको विकासमा सहजीकरण गर्नु पर्छ': अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले शेयर धितो कर्जामा लागु गरिएको ४/१२ को मार्जिनको यथोचित सम्बोधन गर्नु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  अर्थमन्त्री जनार्दन शर्माले यस ब्यबस्थाको सम्बोधन गर्नु पर्ने बताएका हुन् ।कार्यक्रममा उनले हाल समस्याको रुपमा देखिएको मौद्रिक नीतिको ब्यबस्थाको यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासको सहजीकरण गर्नु पर्ने बताएका हुन् । उनले नियामक निकायहरुबीच उचित समन्वयको खाचो रहेकोले राष्ट्र बैंक, बीमा समिति, धितोपत्र  बोर्ड लगायतका नियमनकारी संस्थाहरुलाई अन्तरसम्बन्ध कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले धितोपत्र  बोर्ड स्वायत्त निकाय नै भएको र अर्थ मन्त्रालयले बोर्ड लगायतका सबै नियामक निकायबाट जवाफदेहीता सहितको स्वायत्तता खोजेको उनले बताए । उनले बजारमा पनि र बोर्डमा पनि अन्तराष्ट्रिय स्तरको उचित प्रविधिको खाँचो रहेको बताएका छन् । उनले पुँजीबजारमा स्वचालित कारोबार हुनु पर्ने र उक्त कारोबार प्रणाली सहज रुपमा कारोबार गर्न सकिने खालको  र विश्वसनीय हुनु पर्न  बताएका छन् । उनले बजारको सुधारको कहाँ के गर्नु पर्छ, अर्थ मन्त्रालयले सहजीकरण गरिदिने प्रतिवद्दता जनाएका छन् । उनले बजारमा नयाँ लगानीका औचार र उपकरण ल्याउन समेत आग्रह गरेक  छन् । उनले बजारको आफ्नै क्यारेक्टर रहेको र घट्ने बढ्ने क्रम स्वभाविक भएकोले सचते हुन जजरुरी रहेको बताए । लगानीकर्तामा ग्यान र चेतनाको कमी भएकोले पनि समस्या देखिएकोले साक्षरता समबन्धमा काम गर्न उनले आग्रह गरेका छन्  ।उनले बजार सुधारको लागि प्रयास हरु भईरहेको र प्रयासहरुको परिणाम देखिन थालेको समेत बताए ।उनले अहिलेको नयाँ नेतृत्वले बजारको विकास र सुधारको लागि काम गरिरहेको र अर्थ मन्त्रालयले त्यसमा सहजीकरण गरिरहेको बताए ।उनले पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको पनि जानकारी दिए  । आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी मन्त्री शर्माले दिएका हुन्। उक्त समितिले दिएको सुझावको आधारमा पुँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने मन्त्री शर्माले बताए ।उनले समितिले दिएको सुझावको आधारमा बजारको सुधारको लागि कसले के गर्ने भन्ने स्पष्ट पारिने बताएका छन् । समितिमा को को छन् भन्नेबारे उनले खुलाएनन् ।

सम्बन्धित सामग्री

पछिल्लो राजनीतिक घट्नाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने

काठमाडौँ, १६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । हिजो (आइतबार) बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले सम्बोधन गर्न लागेको हो । प्रचण्डले आज अपराह्न ३ बजे आफ्नै निवास खुमलटारमा विशेष सम्बोधन गर्न लागेका हुन् । माओवादी […]

देशबासीका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । २९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीको नाममा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।...

विदेशी पाहुनाले एमालेको बन्द शत्रलाई सम्बोधन गर्ने

उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले भक्तपुरका एमाले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका हुन् । पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

सम्बोधन होला यातायात व्यवसायीको माग?

चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय भैसकेको छैन् ।

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’