१० वर्षमुनिका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

काठमाडौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ । फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेच्छा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ । फिल्मले बाबु छोरीको मार्मिक कथा पेस गर्ने […]

सम्बन्धित सामग्री

‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा

आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् ।

प्रिमियरमा रुचाईयो चलचित्र चित्रा

काठमाडौं । यही २७ पुषबाट रिलिज हुने चलचित्र ‘चित्रा’को काठमाडौंमा प्रिमियर गरिएको छ । बाबु छोरीको कथा समेटिएको यो चलचित्रलाई प्रिमियरमा हेरेपछि सिनेकर्मी तथा सञ्चारकर्मीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् । पारिवारिक कथाबस्तुमा आधारित यो चलचित्रमा सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, […] The post प्रिमियरमा रुचाईयो चलचित्र चित्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘चित्रा’ का कान्छा दाइ प्रमोद सोध्छन्, ‘म रोजाइको अभिनेतामा किन पर्दिन ?’

प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन्। प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परीक्षण नेपाली सिनेमाले गरेको छैनन्।भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यध्यपि उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन्। भन्छन्,‘मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ […]

‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं- घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ का मेकरले फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोस्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्वय अर्पण थापा र प्रमोद अग्रहरीलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोस्रो […]

रिटायर्ड बाबु–छोरीको कथामा चलचित्र ‘चित्रा’

काठमाडौं । सन्तोष अधिकारी फिल्मसको व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ । सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी […] The post रिटायर्ड बाबु–छोरीको कथामा चलचित्र ‘चित्रा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लन्डन टु पेरिस नआउँदै चित्रा निर्माणको घोषणा

निर्देशक घनश्याम लामिछानेले आफूद्वारा निर्देशित पछिल्लो फिल्म लन्डन टु पेरिस प्रदर्शन नहुँदै चित्रा नामक नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनीद्वारा निर्देशित लन्डन टु पेरिस प्रदर्शनको तयारीमा छ। फिल्मको प्रदर्शनपश्चात् चित्रा सुटिङ प्mलोरमा जाने उनले बताए। लामिछानेले धौली, पञ्चेबाजा, अग्नीदहनलगायतका फिल्म निर्देशन गरिसकेका छन्। फिल्मको हालै कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो। आगामी भदौबाट छायांकनमा […]

नाम चित्रा काम विचित्र

‘आज तिमी खुब राम्री देखिएकी छौं,’ ‘तिमीले विभिन्न तरीकाले कपाल बाँध्न सिक्नुपर्छ, जसले तिमीलाई अझ आकर्षक बनाउनेछ,’ ‘सामान बाँधेर तयार पारिराख, मैले आउने महीना सेसेल्स जाने योजना बनाएको छु, तिमी पनि मसँगै आऊ,’ ‘तिमीलाई पौडिन आउँछ भने हामी समुद्री स्नानको मजा लिँदै समुद्र तटमा आराम गर्न सक्छौं’ युवा प्रेमीप्रेमिकाको जस्तो लाग्ने यी संवाद सन् २०१५ फेब्रुअरीमा नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) कि तत्कालीन कार्यकारी प्रमुख चित्रा रामाकृष्ण र एक अज्ञात साधुको हो । चित्रालाई कार्यकारी प्रमुख हुँदा यिनै साधुको आडमा एक्सचेञ्जमा अर्बाैं रुपैयाँ घोटाला गरेको आरोप लागेको छ । माइक्रोसेकेन्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाई संसारभरका एक्सचेन्जमा विशेष सुविधा दिइएको हुन्छ । घोषित रूपमा दिइने यस्ता सुविधालाई चित्राको टोलीले दुरुपयोग गरेको थियो । तीन वेदको इमेल वार्ता ‘ग्रूप चिफ कोअर्डिनेशन अफिसरको पद र भूमिका ठीकै हो, यसलाई अघि बढाउन सकिन्छ । तर, मेरो विचारमा यसलाई ग्रूप प्रेसिडेन्ट एवम् चिफ कोअर्डिनेशन अफिसरको रूपमा पनि राख्न सकिन्छ । पछि हजुरको जस्तो निर्देशन हुन्छ हामी एक्सचेन्जलाई ‘जी’ को अधीनमा ल्याएर चिफ अपरेटिङ अफिसर बनाइदिन्छौं । यसमा हजुरको मार्गनिर्देशन चाहियो स्वामी’, ‘... हाम्रो सोच जति ठूलो र दृष्टिकोण स्पष्ट हुन्छ, परिस्थिति त्यति नै सजिलो हुँदै जान्छ, आशीर्वाद ।’ यो संवादले चित्रा साधुको सल्लाहविना कुनै पनि कार्य गर्दिन थिइन् भन्ने पुष्टि गर्छ । साधुलाई चित्राले सम्पूर्ण गोप्य कुरा उपलब्ध गराउँथिन् । साधुले आफूलाई साँच्चीकै साधु देखाउन ऋग्, यजुर र साम तीनओटा वेदको नामबाट ‘ऋग्यजुरसाम’ नामको इमेल बनाएका थिए । साधुको आशीर्वाद (आदेश) ले चित्राले शेयर र शेयरबजारको कुनै पनि जानकारी नभएका व्यक्ति आनन्द सुब्रह्मण्यम्लाई महत्त्वपूर्ण पदमा नियुक्ति गरेर धनलाभ गराएकी थिइन् । घोटालामा साधु, सुब्रह्मण्यम् र चित्रा मूल रूपमा जोडिएका छन् । इमेल वार्तामा आएको अक्षर ‘जी’ यिनै सुब्रह्मण्यम् हुन् भन्ने अनुमान गरिन्छ । साधुको भेषमा कुरा गर्ने पनि सुब्रह्मण्यम् नै हुन् भन्नेसमेत अड्कल गरिएको छ । चित्राको जीवनचित्र सन् १९६३ मा मुम्बईमा जन्मेकी चित्रा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले सन् १९८५ मा इन्डस्ट्रियल डेभलपमेन्ट बैंक अफ इन्डिया (हाल आईडीबीआई बैंक) बाट जागीरे जीवन शुरू गरेकी थिइन् । भारतीय शेयरबजार नियामक सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) गठन गर्ने मुख्य टोलीमा संलग्न थिइन् । सेबीको गठनपछि पनि उनी सेबीका दोस्रो बजार सल्लाहकार र प्रकटीकरण तथा लेखमान जस्ता समितिमा रहेर काम गरेकी थिइन् । एनएसईको गठनमा पनि सहभागी भएकी उनी २१ वर्षपछि सन् २०१३ मा सोही एक्सचेञ्जको प्रमुख कार्यकारी बनिन् । आफैले स्थापना गरेको संस्थामा प्रमुख कार्यकारी भएपछि पक्कै पनि त्यसको श्रीवृद्धिमा नै समय लगाउलिन् भनेर अनुमान गर्दा अन्यथा हुन्न । तर, चित्राको हकमा भने यो कुरा लागू भएन । सुरेखा सल्लाहेवा (कोलम्बो स्टक एक्सचेन्ज) र लिपिङ सोङ (सेन्जेन स्टक एक्सचेन्ज, चीन) पछि एशिया प्रशान्त क्षेत्रका एक्सचेन्जको प्रमुख कार्यकारी हुने तेस्री महिलाको श्रेय पाएकी थिइन् । चित्रालाई फर्चुन नामक पत्रिकाले शक्तिशाली महिलाको १७ औं स्थानमा राखेको थियो । उनी एक्सचेन्ज र क्लियरिङ हाउसको संगठन वल्र्ड स्टक एक्सचेन्ज फेडरेशनको बोर्ड अध्यक्ष पनि नियुक्त भएकी थिइन् । चित्रा कोलो (को–लोकेशन) काण्डमा मुछिइन् र तोकिएको समय (५ वर्ष) पूरा नहुँदै सन् २०१६ मा राजीनामा गरिन् । यसमा एकजना ‘अदृश्य हिमाली साधु’ जोडिएका छन् तर, उनी को हुन् चित्राले पनि बताएकी छैनन् । चित्राको विचित्र काम र कुरा भारत सरकार स्वामित्वको बामर लोरी एन्ड कम्पनी लिमिटेडमा वार्षिक १५ लाख भारतीय रुपैयाँ (भारू) तलबमा काम गरिरहेका आनन्द सुब्रह्मण्यम्लाई साधुकै आशीर्वादमा चित्राले वार्षिक झन्डै २ करोड भारू तलब सुविधासहित सन् २०१३ मा मुख्य रणनीतिक सल्लाहकार नियुक्त गरेकी थिइन् । उनी सन् २०१५ मा ग्रूप अपरेटिङ अफिसरमा नियुक्त भए । सुब्रह्मण्यम्को सेवा र सुविधा दिन दुगुणा रात चौगुणा दरमा बढ्दै गयो । सुब्रह्मण्यम्लाई सप्ताहमा ३ दिन मात्र काम गरे हुने अर्को छूट साधुले गराएका थिए । अन्तिम समयमा आएर सुब्रह्मण्यम्लाई सप्ताहमा ४ दिन काम गर्ने गरी उनको वार्षिक तलब बढाएर ४ करोड ५० लाख भारू पुर्‍याउने पनि उनै साधु थिए । यति प्रभावशाली भूमिका खेल्ने साधु को हुन् थाहा नभएको बयान चित्राले दिएकी छन् । चित्राको भनाइअनुसार साधुसँग उनको भेट गंगा नदीको कुनै घाटमा भएको थियो । चित्राले साधुलाई ‘परमहंस’ भन्दै उनी हिमालय क्षेत्रमा विचरण गर्ने बताएकी छन् । हिमालयमा बस्ने साधुसँग इमेल सुविधाको प्रसंगमा चित्राले आध्यात्मिक शक्तिले जहाँ पनि इमेल चलाउन सक्ने क्षमता हुने बताएकी थिइन् । साधुको आशीर्वादस्वरूप सुब्रह्मण्यम् पत्नी सुनिताले पनि वार्षिक ७ लाख भारू तलब सुविधासहित एनएसईको चेन्नईस्थित क्षेत्रीय कार्यालयमा सल्लाहकारको पद पाएकी थिइन् । सुनिताको तलब सुविधा पनि ३ वर्षमा बढ्दै गएर १ करोड ३३ लाख भारू पुगेको थियो । एनएसईको कोलो सुविधाको माध्यमबाट कारोबार सदस्य (दलाल) ले आफ्नो सर्भर एक्सचेन्जको डाटा सेन्टरमा राख्न सक्थे । यस्तो सुविधाले टाढाबाट कारोबार गरिरहेका कारोबारीभन्दा पहिला आफ्नो डाटा पठाएर लाभ लिनसक्थे । यसो गर्दा अरूभन्दा पहिला आफूले शेयर किन्ने अवसर पाउँथे । शेयर कारोबारमा आदेश प्रविष्ट गरेको समयानुसार एकैपटक आदेश कार्यान्वयन प्रणाली (अर्डर म्याचिङ सिस्टम) मा पुग्ने बहुप्रेषण (मल्टिकास्ट) विधिको सट्टामा ‘टिक बाई टिक प्रणाली’ (एकपछि अर्को आदेश प्रविष्ट हुने युनिकास्ट विधि) लाई उपयोगमा ल्याएर प्रभावशाली व्यक्तिलाई लाभ दिलाएर घोटाला गराइएको थियो । माइक्रोसेकेन्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाई संसारभरका एक्सचेन्जमा विशेष सुविधा दिइएको हुन्छ । घोषित रूपमा दिइने यस्ता सुविधालाई चित्राको टोलीले दुरुपयोग गरेको थियो । ओपीजी नामक दलाल कम्पनीले एनएसईको ट्रेडिङ प्रणाली सञ्चालन गर्ने कम्पनीको पूर्वकर्मचारीको मद्दत लिएर एक्सचेन्जको कुन सर्भर कुन समयमा बढी आदेश आउँछ भन्ने भित्रि कुराको जानकारी लिएको थियो । यसमा एनएसईका उच्चपदस्थ कर्मचारीको पनि संलग्नता रहेको थियो । चित्राले लाभ गराएका विभिन्न ठूला कारोबारी सेबीले जाँच शुरू गरेपछि शेयर बेचेका थिए । सीबीआईको प्रवेश सेबीले सन् २०१५ मा एक ह्विसल ब्लोअरको बेनामी उजुरी प्राप्त गरेको थियो । मनिलाइफ नामक एक आर्थिक पत्रिकालाई पनि उपलब्ध गराइएको उक्त पत्रको आधारमा यस घटनालाई सुचेता दलालले सार्वजनिक गरेकी थिइन् । यस घटनामा तात्कालिक अर्थमन्त्री पी. चिदम्बरम्को पनि संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । त्यतिबेला चिदम्बरमले शेयरबजार सम्बद्ध सबै संस्थामा आफ्ना नजिकका व्यक्ति नियुक्त गरेका थिए । चित्रा पनि तिनै मध्येको एक मानिएकी छन् । अहिले यो घटनालाई सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन (सीबीआई) ले अनुसन्धान गरिरहेको छ । चित्रा र सुब्रह्मण्यम् दुवै अहिले हिरासतमा छन् । सत्यम कम्प्युटर घोटाला काण्ड ३३ महिना लगाएर छानविन गरेको सीबीआईले यो घटनालाई कहिले निष्कर्षमा पुर्‍याउने हो र ककसलाई दोषी ठहर गर्ने हो त्यो हेर्न बाँकी छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

चिसोले जेष्ठ नागरिकलाई भत्ता लिन सास्ती

रानीमत्तास्थित प्रभु बैंकको शाखामा अँझ दिनभरीको लाईन झेल्नुपर्दा चित्रा मात्र होईन भत्ता लिन आएका जेष्ठ नागरिकहरु चिसोले थरथरि काम्ने गर्दछन्।...

घटस्थापनाको साइत बिहान ११ः४६ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ ।असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने छ। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।फूलपातीकै

बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०:०२ बजे शुभ

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । अ