जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् । तेस्रो मत पनि स्वतन्त्र उम्मेदवार (आँप) ले ७५ र लोसपाका उम्मेदवारले ५७ तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् । उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।