मनकामना केबुलकार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि छ दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उहाँको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

सम्बन्धित सामग्री

मनकामना केबुलकार चढ्नेको संख्या हालसम्मकै उच्च

काठमाडौं, १ असार । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै पाइएको छ। मनकामना दर्शन प्रालिद्वारा प्रवर्द्धित सो केबुलकार हुँदै यस वर्षको दोश्रो महिनामा १ लाख ५० हजार जनाले यात्रा गरेको कम्पनीले जनाएको छ। यो संख्या मनकामना केबुलकार सञ्चालनको २५ वर्षे इतिहासकै सबैभन्दा धेरै रहेको […]

मनकामना केबुलकार पुनः सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।  विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।  प्यानल नै फेर्नुपर्ने भएपछि

मनकामना केबुलकार २५ गते शनिबारदेखि सञ्चालनमा आउने

मनकामना केबुलकार भाद्र २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । केबुलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामि शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

मनकामना केबुलकार  सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण

मनकामना केबुलकार सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।  विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकोमा यस वर्ष...

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै केबुलकार सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ ।संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।विगतमा झंै आगामी दिनमा पनि […]

आइतबारबाट मनकामना केबुलकार चल्ने

कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।भक्तजनको भीडभाड ह

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन : कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतवारबाट सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो। उनले भने, 'यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ।' इच्छाकामना गाउँपालिकाको…

मनकामना केबुलकार बन्द गर्न निर्देशन

मनकामना केबुलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोर्खाले मौखिक निर्देशन दिएको छ । मनकामना केबुलकार प्रालिका संचालक राजेशबाबु श्रेष्ठले भने सुरक्षित तरिकाले केबलकार सञ्चालन गरिएको बताएका छन् । मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको उनले बताए ।उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र […]

आज मनकामना केबुलकार बन्द

काठमाडौं : गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने मनकामना केबुलकार सेवा बिहीबार बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार केबलकार बन्द हुने भएको हो। नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ। प्रालिका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन्। कोरोना महामारीका कारण नौ