एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ ।
बैठकमा एमाले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले उठाएको विषयसहित १० बुँदे सहमति कार्यान्वयनको बारेमा छलफल हुने बताइएको छ ।
असोज ८ देखि १० गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको विषय उठाएका थिए ।
केन्द्रीय सदस्यहरूको प्रश्नमा अध्यक्ष केपी शर्मा ओलीले ती विषय स्थायी कमिटी बैठकमा छलफल हुने बताएका थिए ।
विशेष गरी एमाले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाउनुपर्ने...