नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, &