प्रदेश एकमा नामकरणको भाष्य

प्रदेश नामकरण गर्न असमर्थ प्रदेश १ ले जाति र भूगोल समेट्ने पहिचानपरक नाम राख्न खोज्दा सरकारको पाँचवर्षे अवधि घर्किने स्थिति छ । बहुपहिचानका कारण केवल एक जातिगत नाम रोजेमा अर्को छुट्न पुग्छ । चाहे ‘किराँत प्रदेश’ राखौँ या त ‘लिम्बूवान् प्रदेश’ भनौँ आखिर त्यसमा कसै न कसैले असहमति जनाउने अवस्था भइहाल्छ । पहिचान नै चाहिन्छ […]

सम्बन्धित सामग्री

विकासको बागमती मोडेल

प्रदेशहरूले गरेका विकास प्रयत्नको चर्चा कम हुन थालेको छ । समाजमा एउटा बनिबनाउ प्रयोजित भाष्य छ कि प्रदेश काम छैन, प्रदेशहरू राजनीतिक पार्टीका कार्यकर्ता पाल्ने थलो हो, प्रदेश खारेज गरिनु पर्छ । सङ्घीयता कार्यान्वयनको छ वर्षले के बताइरहेको छ भने मानिसले काम छैन भनेर आरोपित गरेको प्रदेशले नै विकास बजेटमा सबैभन्दा बढी योगदान पु¥याइरहेका छन् । सामान्यतया विकास बजेट भनेर चिनिने पुँजीगत खर्चमा सङ्घ, प्रदेश र स्थानीय सरकारमध्ये प्रदेशको हिस्सा सबैभन्दा बढी छ ।

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति रुख कटान सुरु

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले तराईको वन विकासको मेरुदण्ड भएको बताउनुभएको छ । बुधबार मोरङको कानेपोखरी–७ मा एसियाली विकास बैङ्कको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यव्रmमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री उप्रेतीले भन्नुभयो, “बाधा अडचन आए त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने छ । वन विकासको बाधक भएको भाष्य तयार भइरहेको छ । एउटा रुख काट्ने निर्णय गर्नुपूर्व त्यो रुख हुर्काउन लागेको समय पनि समीक्षा गर्नु पर्छ ।” उहाँको बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।

‘कर्णालीलाई पछिपारिएको हो, क्षतिपूर्तिसहितको विकास चाहिन्छ

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश पछि परेको नभै पारिएको बताउँदै अब क्षतिपूर्तिसहितको विकास चाहिएको बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले ‘कर्णाली पछि परेको भन्ने भाष्य बदल्न जरुरी रहेको बताउँदै पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको बताउनुभएको हो । कार्यक्रममा उहाँले संघीय सरकारले संघीयता छिटो लागू गरोस् …

यसरी चल्छ प्रदेश सरकार ?

नेपालमा अहिले संघीयता, खास गरी प्रदेश सरकार असफल भइसक्यो भन्ने भाष्य डढेलोसरि फैलँदो छ । दिलबाटै प्रदेश सरकार चाहिन्छ भन्ने मान्छेको खडेरी परिसक्यो । सन् २०१५ मा संघीयतामा गएको देशले सन् २०१७ देखि प्रदेश सरकार भोगेको पनि सात वर्ष भएछ । यो अभ्यास कस्तो भयो ? यति महँगो व्यवस्था अपनाए उपरान्त नेपालीले के पाए ? यस्ता प्रश्नहरूको ओइरो छ ।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । शनिवार चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको भन्दै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडे भने कसरी अर्थतन्त्रमा सुधार हुन्छ ?,’ उनले प्रश्न गरे । नियोजित किसिमले झुठा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए । अर्थतन्त्रका समस्या पूर्ण रूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो ।  ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ,’ अर्थमन्त्री महतले भने । सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरेमा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री महतले बताए । ‘उपभोक्ताले माग बढाएनन् भने उद्योगबाट उत्पादित वस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय बढ्दैन,’ उनले भने । अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गरेको भन्दै अर्थमन्त्री महतले विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने बताए । यस्तै साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने भाष्य तथ्यपरक नभएको दाबी उनले गरे । ‘हाम्रो साधारण खर्चमा कहीँ कतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ,’ उनले भने, ‘६८ वर्षमाथिका नागरिकलाई धनी गरीब जे भए पनि मासिक ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।’ अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौं, माघपछि काम भइसकेको भुक्तानीको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौं,’ उनले भने, ‘काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा उनले जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजीक्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ,’ उनले भने ।  उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा रहेको बताए । दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा यही पुस २३ गते सम्पन्न हुनेछ । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपाल-भारत सम्बन्धको परम्परागत भाष्य बदल्ने अवसर र जोखिम

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट छिमेकी मित्र राष्ट्र भारतको तीनदिन औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण कस्तो समयमा भइरहेको छ भने एकातिर रुस–युक्रेन युद्धसँगै अन्तर्राष्ट्रिय राजनीति तातिरहेको छ, अर्कोतिर आन्तरिक रुपमा नेपाल स्थानीय, प्रदेश र संघ गरेर तिनवटै तहका निर्वाचनको चटारोमा छ। नेपालको आन्तरिक राजनीतिमा भारत जहिले पनि एउटा महत्वपूर्ण ‘फ्याक्टर’का रुपमा रहँदै आएको छ। अझ […]

आपको पञ्जाब-दिग्विजयको अभिप्रेरणा

सञ्जय हामीलाई भन्दैथिए- 'भारतमा अब कुनै कम्युनिस्ट छ भने खाँटी कम्युनिस्ट यही आप हो । पुराना कम्युनिस्ट त खत्तम भइसके । तिनीहरूमा न इमान रहृयो न जमान । न समयलाई बुझ्न सक्ने क्षमता रहृयो, न डेलिभरी गर्ने व्यवस्थापन सीप । आपमार्फत हामी राजनीतिको भाष्य मात्र हैन, यसको परिभाषा र व्याकरण नै बदल्दैछौं ।'

‘कम्युनिष्टहरू भाग्यमा विश्वास गर्दैनन् तर, हाम्रो भेट भाग्यले नै भएको हो’

‘चुचु’ शब्द नेपाली शब्दकोशमा भेटिन्न । यसको अर्थ के हुन्छ ? त्यो पनि थाहा छैन । तर, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्वय एवं संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश नं. १ की प्रदेश सांसद उषाकला राईलाई जोड्ने प्रेमिल शब्द हो ‘चुचु’ । प्रेमका आफ्नै भाष्य होलान् । प्रेमिल भाव जताउने थुप्रै शब्द होलान् । तर, शेरबहादुर र उषाकलाको जोडीका लागि चुचु शब्द नै प्रिय छ । ‘खै शब्द त के हो थाहा छैन, तर प्रेमले बोलाउँदा हामी एक अर्कालाई चुचु भन्छौं’, यति भनेर फरासिली उ

चन्द्र घिमिरे

नेपालमा अहिले संघीयता, खास गरी प्रदेश सरकार असफल भइसक्यो भन्ने भाष्य डढेलोसरि फैलँदो छ । दिलबाटै प्रदेश सरकार चाहिन्छ भन्ने मान्छेको खडेरी परिसक्यो । सन् २०१५ मा संघीयतामा गएको देशले सन् २०१७ देखि प्रदेश सरकार भोगेको पनि सात वर्ष भएछ । यो अभ्यास कस्तो भयो ? यति महँगो व्यवस्था अपनाए उपरान्त नेपालीले के पाए ? यस्ता प्रश्नहरूको ओइरो छ ।