अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । शनिवार चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको भन्दै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडे भने कसरी अर्थतन्त्रमा सुधार हुन्छ ?,’ उनले प्रश्न गरे । नियोजित किसिमले झुठा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए । अर्थतन्त्रका समस्या पूर्ण रूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो ।  ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ,’ अर्थमन्त्री महतले भने । सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरेमा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री महतले बताए । ‘उपभोक्ताले माग बढाएनन् भने उद्योगबाट उत्पादित वस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय बढ्दैन,’ उनले भने । अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गरेको भन्दै अर्थमन्त्री महतले विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने बताए । यस्तै साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने भाष्य तथ्यपरक नभएको दाबी उनले गरे । ‘हाम्रो साधारण खर्चमा कहीँ कतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ,’ उनले भने, ‘६८ वर्षमाथिका नागरिकलाई धनी गरीब जे भए पनि मासिक ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।’ अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौं, माघपछि काम भइसकेको भुक्तानीको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौं,’ उनले भने, ‘काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा उनले जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजीक्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ,’ उनले भने ।  उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा रहेको बताए । दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा यही पुस २३ गते सम्पन्न हुनेछ । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तबीच प्रतिस्पर्धा हुँदै छ ।

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

पाल्पा : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएको बताएका छन्।पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दैअर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको दायरामा ल्याइने बताए। देशभरका सहका

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग

अर्थतन्त्र सुधारोन्मुख छ: अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन्।

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री  महत

मनहरी– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे।  मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका […]

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : जनार्दन शर्मा

काठमाडौँ-  निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् । उनले पछिल्लो एक वर्षमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै ...

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको हो । उहाँले पछिल्लो एक वर्षमा रुस-युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताउनुभयो । उहाँले बाह्य कारणले नेपालको मुद्रास्फीतिलाई […]

जाँदाजाँदै अर्थमन्त्रीको दावी : अर्थतन्त्र सुधारोन्मुख छ

११ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् । यसबीचमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको उनले बताए । यसबाट नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उनले बताए । आयातमा प्रतिबन्ध, मार्जिन […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजना पूर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिँडेको जवाफ दिएका हुन् ।चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्दो व्यापार […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लागाएपछि सोमबार पत्रकार सम्मेलन गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिडेको जवाफ लिएका छन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै […]