असारमा पनि बैंकहरुले निक्षेमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत दिइने जानकारी दिए । आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतिक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत राख्ने निर्णय नेपाल बैंकर्स एसोसिएसनले गरेको हो । जेठ मसान्तसम्म बैंकहरुले असार महिनाका लागि पुरानै ब्याजदरको सूचना सार्वजनिक गर्नेछन् ।