नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्र मणि पराजुली विजयी बनेका छन् ।
पराजुलीको नेतृत्वमा धनकुटामा ९० सदस्य जिल्ला कमिटी बनाइएको छ ।
शनिवारदेखि शुरू भएको जिल्ला अधिवेशनले ९० सदस्य जिल्ला कमिटी बनाएको हो ।
एमाले धनकुटाको उपाध्यक्षमा चिन्तन तामाङ,सचिवमा निरन राई,उप–सचिवमा दोय शिब आङला र सुस्मा राई चयन भएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने धनकुटा प्रदेश १ मा पहिलो बनेको छ ।