नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँमा वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी र चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गृहजिल्लामा कमजोर देखिएको छ ।