एल्जिनाको बलात्कार र हत्या आरोपमा पाँचजना पक्राउ

उदयपुर : एन्जिना खड्काको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्। रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या आरोपमा सोमबार पाँचजना जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाट ने...

सम्बन्धित सामग्री

घाँस काट्न निस्केकी महिलाको बलात्कारपछि हत्या

बाँसघारीमा शव फेला परेको महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ । फलामका पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरि शलले घाँटी कसेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।बलात्कार गरेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र त्यो कुरा खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए । हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ । घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको

निर्मला प्रकरणमा सफाइ पाएका दिलीपले किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान

चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...

डेढ वर्षे बालिका बलात्कार प्रकरण : चर्कियो आन्दोलन

१८ महिने बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबा

बलात्कारपछि बालिका हत्याको आरोपमा दाजुभाइ पक्राउ

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका-७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले  सार्वजनिक गरेको छ।प्रहरीले बालिका हत्या आरोपमा  सुन्दरहरैचा-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ। उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। बलात

सामूहिक बलात्कार र हत्या आरोपमा दुई पक्राउ

गत १४ असोजमा घरअगाडिको सडकमा मृत भेटिएकी भंगहा नगरपालिका–२, बखरीटोलकी अमृता सदाको सामूहिक बलात्कार र हत्या आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । धनुषा क्षिरेश्वर नगरपालिका–३, पर्सा पकडिया घर...

भागरथीको बलात्कार र हत्या आरोपी दिनेश भट्ट सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो । डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।