डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताएका छन्। उनले चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने खुलासा गरेका छन्। मंगलबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतको सहयोग लिनुपरेको बताएका हुन्। उनले पश्चिम सेती निर्माणका लागि छिटै भारतसँग सम्झौता हुने पनि बता