रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन हराउँदै

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दशैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्‍याउन भ्याइनभ्याई हुन्थ्यो।उनले माटो गाउँलेका घरमा पुर्‍याइदिए बापत दशैँ खर्च पाउँथिन्। तर, दुई वर्ष यता उनलाई दशैँ खर्च जोहो गर्न मुस्किल भईरहेको छ। गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विकले अहिले पेशा परिवर्तन गर्ने सोचाइमा छिन्। &