‘राष्ट्र बैंकको नीतिले सेयर बजारमा निरन्तर गिरावट’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताएका छन् । मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताएका हुन् । उनले  पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए ।  अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित

सम्बन्धित सामग्री

सेयर बजारमा उत्साह : के साना लगानीकर्ताहरू फेरि मुर्गा बन्दैछन् ?

अघिल्लो सातासम्म सेयर बजारमा त्यहीँ दिन चल्दै थियो, जुन दिनसम्म लगानीकर्ताहरूमा रोइलो चल्दै थियो । कोभिड–१९ ताकाको नेप्सेको उच्च विन्दु (३१९९ अङ्क) लाई हेरेर लगानीकर्ताहरू धिक्कार्दै थिए ।  ‘अल टाइम हाई’ २०७८ भदौ २

भर्‍याङ चढ्नुपर्ने सेयर बजार लिफ्ट चढेर माथि गयो, लिफ्टबाटै ओर्लियो

सेयर बजारको लगानी जोखिमकै लगानी हो । अलिअलि घटबढ भईरहन्छ । अलिअलि घटबढलाई स्वभाविक नै मान्नुपर्छ ।तर, हाम्रो सेयर बजार बढेको पनि अस्वभाविक हो, घटेको पनि अस्वभाविक हो । मैले भन्ने गर्छु, ‘सेयर बजार लिफ्ट चढेरै माथि गयो, लिफ्ट चढेरै तल आयो ।’ भर्‍याङ चढेर जानुपर्थ्यो र भर्‍याङबाटै उत्रिनुपर्थ्यो भन्ने मेरो कुरा हो ।लिफ्ट चढेर माथि जाँदा लिफ्टबाटै ओर्लिदा कहिलेकहीँ आफू झर्नुपर्ने तल्ला देखिएन वा अर्को थिचियो वा सोही लिफ्टमा कोही अर्को मान्छे पनि चढ्यो भने उसले चाहिँ थिचेको तलामा वा तल पार्किङ एरिया, बेसमेन्ट तिर पनि पुगिन्छ नि । मैले इन्डेक्स ३१ सय ३२ सयको नजिक पुग्दाखेरी नै यो अधिक भयो भनेकै हो । तर, जब २५ सयभन्दा तल आउन थाल्यो, अनि मैले नै ओभर करेक्सनको डर हुन्छ है भनेको थिएँ ।राष्ट्र बैंकको नीतिका कारण यदि सेयर बजारमा दबाब परेको हो भने राष्ट्र बैंकले त्यस्ता नीतिको पुनरावलोकन गरिदेओस् भन्ने नै हो मेरो कुरा । यसमा करका विषयमा केही कन्फ्युजन छ भने मैले नै अर्थमन्त्री हुँदा बनाईदिएको कार्यदलले दिएको ५८ बुँदे प्रतिवेदनका केही बुँदा कार्यान्वयन भएका छैनन् भने तिनलाई कार्यान्वयन गरेर भएपनि ओभर करेक्सन रोक्नुपर्छ भनेको छु । मैले आफैँले पनि पूँजीगत लाभकर घटाएर बजारलाई संरक्षणको नीति लिएको हुँ । अनलाइन कारोबार पनि मेरै पालामा भएको हो । ब्रोकर थप्नुपर्छ भन्ने कुरा पनि सुरु गरेका थियौँ, अहिले काम सुरु हुँदैछ ।सस्तो ब्याजदरमा ऋण पाईन्छ भनेर हतारमा लगानी गर्नेले भोली बजारमा ब्याजदर बढ्न सक्छ र मैले किनेको कम्पनीको मूल्य घट्न पनि सक्छ भन्ने हेक्का राखिदिएको भए अहिलेको जस्तो ‘प्यानिक’ हुनुपर्ने थिएन ।अर्को कुरा, जब सेयरबजार घट्न थाल्छ, त्यतिबेला सकारात्मक हस्तक्षेप गर्नुपनि पर्छ । जस्तो, मेरो पालामा बजार घट्दा संस्थागत लगानीकर्ताहरु जस्तै, नागरिक लगानी कोष लगायतलाई किनिदिन अनुरोध गरिन्थ्यो । अहिले अर्थमन्त्री र सरोकारवालाले यत्ति काम गरिदिएको भए पनि हुन्थ्यो । अर्कोतर्फ, सेयरबजार माथि गएका बेला उकासेर लगानी गर्न लगाउने अनि घटेको बेला अन्टसन्ट बोल्ने गर्नु हुँदैन । बढ्न थालेको बेला धेरै उत्तेजित नहुनुस्, यो घट्ला है भनेर सचेत गराउने कुरा बरु ठिक हुन्छ । घटेको बेला बजार भनेकै यस्तै हो भनेर हतोत्साहित बनाउनु हुँदैन ।लगानीकर्ताको मनोविज्ञान कस्तो छ भने, कम्पनीको प्रोफाइल हेर्दैनन् । वित्तीय अवस्था हेर्दैनन् । नेताहरुको भाषणका भरमा लगानी गर्नु नै गलत हो । अर्को कुरा, बैंकहरुको ब्यालेन्स सिटमा उनीहरुले गरेको कुल लगानीमध्ये सेयर बजारमा गएको लगानी २ प्रतिशतभन्दा तलै छ । तर, बैंकहरुले सेयर धितो कर्जामा दिएको ऋणबाहेक पनि त सेयर बजारमा पैसा त आएको छ । मार्केट क्यापिटलाइज्ड जीडीपीभन्दा पनि माथि पुगेकै हो । यो हुनुमा त बैंकबाट अन्य शीर्षकमा गएको लगानी सेयर बजारमा पनि त आएको होला नि त । घरजग्गामा गएको जस्तै सेयर बजारमा आएको हुन सक्दैन र ?यसको अर्थ, अदृश्य रुपमा सेयर बजारमा हुने लगानीलाई नियामक निकायले अध्ययन गर्नुपर्छ, रोक्नुपर्छ । बैंकहरुले गरेको लगानी ठिक ठाउँमा जाओस् भनेर मात्रै राष्ट्र बैंकले हेर्ने हो । धितोपत्र बजारमा क–कसले लगानी गर्छन्, त्यो राष्ट्र बैंकले हेर्नु पर्दैन, हेर्ने काम पनि उसको होइन । यो करोड र १२ करोडको कुरा, सबैलाई धितोपत्र बजारमा एक्सेस दिने कुरा, बजारमा ठूला कम्पनी भित्र्याउने कुरा त धितोपत्र बोर्डले गर्नुपर्यो नि । यो गराउन अर्थमन्त्रीको संयोजकत्वमा वित्तीय क्षेत्र समन्वय समिति भन्ने समिति नै हुन्छ नि । त्यहाँ राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, कम्पनी रजिष्ट्रार, बैंकर्स एसोसियसन सबै तिरको मान्छे हुने व्यवस्था छ । यस्ता नीतिगत कुरामा सबैको सामूहिक निर्णय गराउन र अपनत्व लिन त्यहाँ मिटिङ बसेर धितोपत्र बोर्डलाई ल तपाईले यो काम गर्नुहोस् भनेर निर्णय गराएर धितोपत्र बोर्डबाट राष्ट्र बैंकमा पत्र पठाउने काम गरेको भए त भईहाल्थ्यो । यति राम्रो संयन्त्र छ, त्यहाँ गर्नुपर्ने काम चाहिँ नगर्ने अनि धितोपत्र बोर्डले कहिले शंकास्पद भनेर कम्पनीको सूची निकाल्ने, अर्को नियामकले ४ करोड र १२ करोडको सीमा लगाउने, सबै नियामकहरु आफू आफू चाहिँ भद्रगोल भएर बस्ने तर संयन्त्रमा छलफल नै नगरेको देखियो ।(पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासँगको कुराकानीमा आधारित)

के ४/१२ को प्रहारले नै पुँजीबजारमा समस्या भएको हो?

नेपाल राष्ट्र बैंकले ४/१२ को प्रहारले सेयर बजार आइसियूमा पुगेको सरोकारवालाहरूको दाबी छ । कतिपय लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको गभर्नरलाई सेयर बजारको भिलेनको संज्ञा दिन थालेका छन् । बितेका तीन महिनामा नेप्से ८ सय अंकभन्दा बढी घटिसकेको छ । नेपाल राष्ट्र बैंकले २०७८/०७९ को मौद्रिक नीतिमा सेयर बजारमा ४/१२ को सीमारेखा कोरेको थियो । यसले […]

पुँजी बजारमा एक दिन पनि टिकेन सुधार, कारोबार पनि घट्यो

काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव बुधबार पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अंकले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ब्याजदरसम्बन्धी परिपत्रपछि बुधबार ६० अंकले सुधारिएको थियो । तर, त्यो सुधार एक दिन पनि टिक्न नसकेको...

राष्ट्र बैंकको निर्देशनको प्रभाव बजारमा, ६० अंकको रिकभरी

काठमाडौँ - नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको क्षणिक प्रभाव सेयर बजारमा देखिएको छ । बैंकहरूले निक्षेपमा उच्च दरमा ब्याज दिने घोषणा गरेपछि सेयर बजार क्रमश: ओरालो लागिरहेको थियो । बैंकमा पैसा राखेर उच्च  व्याज पाइने भएपछि 'भोलाटायल' बजार मानिने सेयर बजारबाट लगानीकर्…

सेयर कर्जा सीमा परिवर्तन नहुने राष्ट्र बैंकको स्पष्टोक्ति

सेयर बजारमा आएको गिरावट सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सोमबार उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन वार्तासमेत गरे । मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रभावित भएको भन्ने लगानीकर्ताको गुनासोका आधारमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग कुराकानी गरेका हुन् ।

सेयर बजारमा तीव्र उतारचढाव

सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्

सेयर बजारमा ८० अंकको उतार–चढाव, १५ अर्बमाथिको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनले बजार प्रभावित हुने अनुमानविपरीत सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजार कारोबारमा एकै दन ९० अंकको उतार–चढाव आयो । कारोबार सुरुवाती समयमा सेयर बजार परिसूचक नेप्से २९९९.२० विन्दुमा झर पनि पछि सच्चिँदै ३०७९.६५ विन्दुमा पुगेर ‘इन्ट्रा डे’मा ८०.४५ अंकको उतार–चढाव आएको...

सेयर बजारमा नयाँ लगानीकर्ताहरूले राम्रो कम्पनी कसरी छनोट गर्ने ?

सेयर बजारबाटै करोडौं कमाउने सपना बोकेर लगानी गर्ने सही कम्पनीहरूको छनोट गर्न नसक्दा रोडपति भएका पनि धेरै भेटिन्छन् । कोभिड–१९ र लकडाउनले बन्द भएको सेयर बजार लकडाउन अन्त्यसँगै लगानीकर्ताहरूमाझ सकारात्मक बन्दै गएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि सेयर बजारसँग सम्वन्धित धेरै कुराको सम्बोधन गरेकाले सेयर बजार पछिल्लो समय राम्रो लयमा अघि बढिरहेकोमा दुुईमत […]