खोटाङ : लामीडाँडा विमानस्थलमा उडान नहुँदा दर्जनाैँ होटलमा ताला

खाेटाङ - खोटाङको लामीडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटलमा वर्षाैँदेखि ताला लागेकाे छ । रावाबेसी गाउँपालिका–३ लामीडाँडामा रहेकाे विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौँ होटलमा ताला लागेको हो । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थलमा उडान नहुँदा होटल तथा पसल सुनसान बनेको स्थानीय व्यवसायी जगत थापाले बताउनुभयो । विमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज मानिस आउन छाडेका छन् । दुई चार वटा बाहेक अन्य होटलहर...

सम्बन्धित सामग्री

कालोपत्र भएको विमानस्थल परीक्षण उडानमै सीमित !

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका ३ को लामीडाँडा विमानस्थल उपयोगविहीन बनेको छ । कालोपत्र गरिएपछि २०७६ असार ३ गते सफल परीक्षण उडान गरिएको लामीडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्रधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो ।खोटाङका तीन वटा विमानस्थलमध्ये लामीडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्र भएको विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीयवासी निराश छन् । साविकको सदरमुकाम दिक्तेल नजिकै मनमायाँ राई खानीडाँडा विमानस्थल सञ्चालनमा आएपछि लामीडाँडा विमानस्थल बन्दजस्तै बन्न पुगेको हो...

उडानको पर्खाइमा लामीडाँडा विमानस्थल

खोटाङ-‘लामीडाँडा विमानस्थल सञ्चालन नहुँदा जिल्लाबासी तथा हलेसी आउने पर्यटकलाई ठूलो समस्या छ । यसलाई नियमित गराउन सम्बन्धित निकायसँग छलफल गरिरहेको छु । अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकप्टर मगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’ यो भनाइ हो खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको । २०७६ साल ३ असारमा खोटाङको सबैभन्दा […]

तस्वीर : ६ करोड ७६ लाख रुपैयाँको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरणको रू. ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा पर्ने उक्त विमानस्थल कच्ची हुँदा नियमित उडान भएपनि कालोपत्र गरिएपछि बन्द भएको छ । तस्वीर : रासस

तस्वीर :  अवरुद्ध बनेको लामीडाँडा विमानस्थल

खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा अवस्थित जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल । नेपाल नागरिक उड्डयन प्राधिकरणको  ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र गरिएको उक्त विमानस्थल दुई वर्षदेखि अवरुद्ध छ । तस्वीर : रासस

लामीडाँडा विमानस्थल कालोपत्रेको काम ३५ प्रतिशत सम्पन्न

खोटाङ, असोज १ – खोटाङको लामिडाँडा विमानस्थल कालोपत्रेको काम ३५ प्रतिशत सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कटिङ, फिलिङ, रिटनिङवाल निर्माण र ड...

विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

खोटाङ,  भदौ २१ गते  । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं २०२८ देखि सञ्चालनमा...