लण्डन : विभिन्न काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जन्सनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार जन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन्।बीबीसीका अनुसार राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन्। जन्सनले आज देशका नाममा सम्बोधन गर्नेछन्। यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जन्सनले पद छोड्नुपर्ने बताएका थिए । जन्सनले राजीनामा दिनुपर्ने माग गरी ५० जना अधिकारीले राजीनामा दिएका थिए। यसअघि बुधबार बोरिस जन्सनलाई अप्ठे