बाेरिस जाेनसनद्वारा दलका नेताबाट राजीनामा, केही समय प्रधानमन्त्रीमा निरन्तरता

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेता पदबाट राजीनामा दिनुभएकाे छ । आज बिहीवार पार्टीकाे नेता पदबाट राजीनामा दिनुअघि उहाँले राष्ट्रका नाममा सम्बाेधन गर्नुभयाे ।  बाेरिस जाेनसनले पार्टीकाे नेताबाट राजीनामा दिए पनि अर्को प्रधानमन्त्री चयन हुनु अघिसम्म प्रधानमन्त्रीका रूपमा रहिरहनु हुनेछ । यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीकाे घाेषणा हुने बीबीसीले जनाएकाे छ । उहाँले नयाँ ने...