राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ । कांग्रेस सभापति […]

सम्बन्धित सामग्री

संसद् खुलाउन राष्ट्रपति र प्रधानमन्त्री सक्रिय

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कारण लामो समयदेखि अवरुद्ध सङ्घीय संसद् सुचारु गराउन विभिन्न तहबाट तीव्र प्रयास भएका छन्। राष्ट्रति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग यसै विषयमा परामर्श गर्नुभएको छ। यसअघि उहाँले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि परामर्श गरिसक्नुभएको छ। लामिछानेसँगको भेटपछि राष्ट्रपति पौडेलले मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रास्वपा सभापति लामिछानेसँग समसामयिक राजनीतिक सन्दर्भमा कुराकानी गर्नुभएको हो।

प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक

प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।

नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

काठमाण्डाै - संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ । संसद् बै...

सङ्घीय संसद् अधिवेशन : यस्तो छ भोलिको सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को अधिवेशन भोलि (मंगलबार) अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको ११औँ र राष्ट्रियसभाको १२औँ अधिवेशन अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ […]

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि (मंगलबार) दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । भोलि अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।

सभामुख सापकोटाकाे आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । संसद् बैठक अघि बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । सङ्घीय संसद्को बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेक...

सभामुखको आह्वानमा आइतबार कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ। सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

यस्ता छन् भदौ २३ गते शुरु हुने संसद्का सम्भावित बिजनेस

सरकारको सिफारिसमा भदौ २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् बैठक आह्वान गरेकी छिन् । गत साउन ३२ गते सरकारले संसद्को बर्खे अधिवेशन अन्त्य गर्दै भदौ १ गते राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेको थियो ।संसद् अधिवेशन अन्त्यको ३ सातामा २ वटा नयाँ राजनीतिक दल जन्मिएका छन् । नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट टुक्रिएर लोकतान्त्रिक समाजवादी पार्टी जन्मिएको छ । यो सँगै अब सङ्घीय संसद्मा सहभागी दलको सङ्ख्या ९ पुगेको छ भने

काँग्रेस संसदीय दलको बैठक आह्वान

नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा बैठक कक्षको सभामुखद्वारा अवलोकन

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानकारी लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगायतका विषयमा आवश्यक जानकारी लिनुभएको हो ।          मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनुभयो ।