नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

काठमाण्डाै - संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ । संसद् बै...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा शपथको तयारी, मानबहादुर रावलले गराउनेछन् शपथ

५ पुस, धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गतेका लागि तय गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ गराउने तय भएको जानकारी दिए । बोगटीकाअनुसार अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही […]

राष्ट्रपतिको कार्यालयले थाल्यो संसदका जेष्ठ सदस्यको शपथको तयारी

५ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन […]