हिटलरसँग संसद् छिरेको कुखुराको भालेको प्रसंग जोडिएको कथा धेरैले सुनेको हुनुपर्छ । अहिले स्थानीय चुनावमा यो कथा सान्दर्भिक हुने भएकाले एक पटक दोहोर्याउन मन लाग्यो । एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखी च्यापी संसद छिरेछन् । सधैं तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हाँस्दै संसद छिरेको दृश्यले सांसदहरू मुखामुख गरेछन् । मान्छे सन्की भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि हाम्रो लागि चिकेन पार्टीको व्यवस्था गरेछन् भन्ने निष्कर्षसहित सांसदहरू ज्यादै खुशी भएछन् ।सं