ओझेलमा सिस्नेका गुप्त दह

२३ चैत, रुकुमपूर्व । वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना-ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य । यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । […]

सम्बन्धित सामग्री

सिस्ने हिमाल पौडीरहेको गुप्त दह

२० फागुन, दाङ । दुवै रुकुम एक भएको बेला रुकुमलाई बाउन्न पोखरी, त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिन्थ्यो । संघीयता कार्यान्वयनसँगै रुकुमको भूगोल पूर्वी रुकुम र पश्चिम रुकुमको रुपमा विभाजित भयो । पोखरी र टाकुरीहरु पनि दुई जिल्लामा बाँडिए । तर यहाँका कतिपय तालहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । तीनैमध्येको एक हो रुकुमपूर्वको गुप्त दह । […]

हिमाल टल्कने गुप्त दहको मोहनी रुप (तस्वीरहरू)

रुकुम (पूर्व) :  वरिपरि हिमाल, अग्लो पहाडमा गुप्त दह। रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ को अग्लो पहाडमै छ अनौठो सानो र ठूलो गुप्त दह।अग्लो पहाडमा अवस्थित गुप्त दह भएकाले हिउँदयाममा गुप्त दह समेत पूरै हिउँले ढपक्क हुन्छ। लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो। देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो।दहसम्म पुग्न उकालो चढ्दा लाग्छ कि कति गाह्रो, कति अप्ठेरो ! जब दहको किनारमा पुगिन्छ, उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरिन्छ। गुप्त दहको ड