मंसिर ४ गतेको निर्वाचनपछि प्रतिगामीहरु समाप्त हुन्छन् : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनपछि प्रतिगामी शक्तिहरू समाप्त हुने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका  १२ मा स्थानीयसँग भएका भेटघाट कार्यक्रममा बोल्दै महराले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले निर्वाचनमा लोकतन्त्र र परिवर्तनको रक्षामा लाग्ने दलहरू जनअनुमोदित हुने दाबी गरे ।अहिले मुलुकमा अग्रगमन र प्रतिगमनकारी शक्तिहरूबीच पेचिलो संघर्ष भइरहेको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका महराले निर्वाचनले अग्रगमनका पक्ष

सम्बन्धित सामग्री

दाङ–२ मा रोचक बन्दै शंकर पोखरेल र रेखा शर्माबीचको भिडन्त

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । माओवादीकी रेखा शर्मा, एमालेका शंकर पोखरेल, राप्रपाका भोलानाथ योगी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नागरिक उन्मुक्तिका रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।मुख्य प्रतिस्पर्धीमा भने सत्ता गठबन्धनकी साझा उम्मेदवार शर्मा र एमालेका महासचिव पोखरेलबीच हुने देखिन्छ । माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा ‘रिङआउट’ भएपछि एमाले महासचिव

प्रतिगमनको हार, अग्रगमनको जीत पक्का छ : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले मंसिर ४ प्रतिगमनका हार, अग्रगमनको जीत पक्का रहेको दाबी गरेका छन् । दाङ क्षेत्र नं. २(२)ले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले नारायणपुरमा आयोजना गरेको  पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । महराले परिवर्तित व्यवस्थालाई स्वीकार गर्न नसक्दा पटक पटक संसद भंग गरी मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको र  मुलुकको रक्षाका लागि अग्रगमनकारी एकताबद्ध भई प्रतिगमनका विरुद्ध संघर्ष गरिए

आफू समाजसेवामा लाग्ने बताउँदै महरा भन्छन्: ‘दाङ-२ मा रेखा शर्मालाई जिताउनुस्’

काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभाकाे निर्वाचनमा आफू सहभागी नहुने निर्णय लिएका पूर्वसभामुख कृष्णबहादुर महराले अब आफू समाजसेवामा लाग्ने बताएका छन् । अघिल्लाे निर्वाचनमा दाङ क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष चुनावमार्फत निर्वाचित भएका उनले यसपालीकाे निर्वाचनमा आफू सहभागी नभएपनि आफ्नाे पार्टी माओवादी केन्द्रकाे कामसँगै समाजसेवा गर्ने बताएका हुन् । यसपालीकाे निर्वाचनमा उनकाे […]

ठूला दलका समानुपातिक सूचीः देउवापत्नी आरजुदेखि पूर्वसभामुख महरासम्म (नामसहित)

सोमबार रातीसम्म दलहरुले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्रीकी धर्मपत्नी, पूर्वसभामुखदेखि पूर्वराजदूतसम्म रहेका छन् । समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । तर, दलहरु आफैँले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि उनीहरुले प्रत्यक्ष निर्वाचनमा लडाउँदा चुनाव हार्ने भयले ठूला नेतालाई संसद छिराउने उपायका रुपमा सामानुपातिक कोटालाई भर्याङ बनाउने गरी सूची पेश गरेका छन् ।आयोगले दलहरुलाई असोज १६ गतेसम्म सूची सच्याउने समय दिएको छ । त्यसकारण सोमबार पेश भएको सूचीमा भएका नामावली नै अन्तिम भने होइनन् । कुन दलबाट को को छन् बन्दसूचीमा ?प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएका छन् । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकका लागि मापदण्ड नै बनाएको थियो । एमालेले यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई पुनः समानुपातिकमा सिफारिस नगर्ने मापदण्ड बनाए अनुसार नै नयाँ नाम सिफारिस गरेको छ । एमालले बुझाएको बन्दसूचीमा केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताको नाम छैन । समानुपातिक सूचीमा परेका एमालेका सबैभन्दा ठूला नेता हुन् स्थायी कमिटी सदस्य रघुजी पन्त । पन्तसँगै गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य सुनीता बराल, उमा कोइरालाको नाम एमालेले बुझाएको बन्दसूचीमा छ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, ईश्वरी रिजाल विश्वकर्माको नाम पनि बन्दसूचीमा छ ।त्यस्तै, नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफरिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको भएपनि सभापति देउवाले उनको नाम समानुपातिकमा सिफारिस गरेका हुन् । काँग्रेसले आफ्ना ‘हेभिवेट’ नेताहरुलाई समानुपातिकको सूचीमा राखेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले सोमबार दिउँसो निर्वाचन आयोगमा बुझाएको प्रारम्भिक सूचीमा विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर लगायत ठूला नेताको नाम छ ।तर, काँग्रेसमा विवाद कायम रहेकाले सूची असोज १६ सम्म धेरै फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।यता, काँग्रेस सँगकै गठबन्धनमा रहेको माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकमा राखेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने उपाध्यक्ष महरा २०४८ सालपछिका हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका थिए । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक रोजे ।महरासँगै, माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, परशुराम तामाङ र बाबुराम भट्टराईको पार्टीबाट पनि ५ जना परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपानेको नाम पनि बाबुराम कोटाबाट माओवादीले समानुपातिकमा सिफारिस गरेको छ । पूर्वमन्त्री हकिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, मोहनमान स्वाँर, अजम्बर राई काङबाङलाई पनि माओवादीले समानुपातिक सूचीमा राखेको छ एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक तर्फको बन्दसूची आयोगमा पुर्याएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । हमाल पूर्वराजदूत हुन् ।

कहिल्यै चुनाव नहारेका महरा समानुपातिकमा किन ?

अहिलेसम्म उम्मेदवार बनेर कुनै पनि चुनाव नहारेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यसपाली भने समानुपातिकमा चित्त बुझाउँदै छन् । उनको नाम माओवादी केन्द्रको समानुपातिक तर्फको सूचीमा सिफारिस भएको छ । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक  रोजे । उनले धेरै तिरबाट सिफारिस भएकाले एउटा क्षेत्रको नेता हुनुभन्दा देशकै नेता हुन्छु भनेर आफूले सामानुपातिक रोजेको बताएका छन् ।

माओवादी उपाध्यक्ष महरा दाङ २ बाट उम्मेदवार सिफारिस

दाङ : आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको लागि ३ जनाको नाम सिफारिस गरेको छ।दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए।संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण

दाङ- २ बाट महरा सर्वसम्मत सिफारिस

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसभामुख कृष्णबहादुर महरा सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको आज घोराहीमा बसेको जिल्लास्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यसै क्षेत्रकाे […]

चुनावी माहोल बनाउन महरा दाङमा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् । आफ्नो चुनावी क्षेत्र अवलोकन गर्न गत साउन १९ गते महरा दाङ आएका हुन् । दाङ आएपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् । ‘अहिले महरा सर आफ्ना मतदातालाई भेटेर छलफल गर्ने सुख दुःख साटासाट गर्नेगरी रहनुभएको छ । बिरामी परेका मतदाता र मृतकका परिवारला

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको प्रवक्ता कृष्णबहादुर महरा निर्णय तालिकामा केही हेरफेर गरेको छ ।राष्ट्रिय सम्मेलन बाहेक अन्य कामहरु,पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म ,टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।