२० करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर

बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए । पहिलो सपिङ सेन्टरमा सञ्चालनपछि बौद्ध, पेप्सीकोलासहितका अरु ४ स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले बताए । उक्त सपिङ सेन्टरहरूले ग्राहकहरुलाई सेवा प्रदान गर्ने र पाँचवटै सपिङ सेन्टरमा १ सय ५० जनाले रोजजारी समेत पाउने

सम्बन्धित सामग्री

बुढानीलकण्ठमा एक अर्ब २० करोड लगानीमा खुल्दै क्लासिक भ्यु रिसोर्ट

बुढानीलकण्ठको शिवपुरी जंगलनजिक निर्माण भइरहेको ‘क्लासिक भ्यु रिसोर्ट’ २५ जुनदेखि सञ्चालनमा आउने भएको छ । एक अर्ब २० करोड रुपैयाँ लगानी रहने रिसोर्ट २५ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ २५ वटा...

२० करोड लगानीमा ‘सिसै पार्क भिलेज’ सञ्चालन

चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले जानकारी दिए । साढे १२ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सञ्चालनमा ल्याइएको हो । सञ्चालक उपाध्यायका अनुसार रिसोर्टमा दुई सुविधासम्पन्न भवनमा १२ ओटा डिलक्स रुम, दुईओटा सेल्फ किचेन अपार्टमेन्ट, स्वीट रुम, कमन रुम, दुईओटा सभा हल, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ पुल लगायत संरचना छन् । रिसोर्टमा एकैपटक करीब सय जना पर्यटकलाई सेवा दिने क्षमता छ । रिसोर्टबाट सिसै पिकनिक स्पट, टिकौली जंगल, वन्यजन्तु लगायत दृश्य अवलोकन गर्न सकिने अर्का सञ्चालक सुवेदीले बताए । निकट भविष्यमा थप ३० करोड लगानी गरी रिसोर्टलाई विस्तार गरिने जानकारी उनले दिए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय हाँस, कुखुरा, तरकारी लगायत उत्पादनको खपत बढेको सुवेदीले बताए । रिसोर्टमा हाल प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी पाएका छन् । रिसोर्टले नयाँ अंग्रेजी वर्षको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।

भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण

चितवन- भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताएका छन् । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, […]

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘भृकुटी’को बजेट २० करोड

काठमाडौं । नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘भृकुटी : द ग्रीन स्टार’को बजेट २० करोड रुपैयाँ हुने भएको छ । तीन चिनियाँ कम्पनीले निर्माणमा सहकार्य गर्दैछन् । भदौ ११ गते बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को क्रममा नेपाली पक्षको तर्फबाट केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक […]

२० करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । २० करोड रुपैयाँको लगानीमा बूढानीलकण्ठ नगरपालिका–८, कपनस्थित सुन्दर बस्तीमा यही भदौभित्रै सपिङ सेन्टर सञ्चालन हुने सीईओ राजभाइ श्रेष्ठले बताए । त्यसपछि बौद्ध, पेप्सीकोलासहित अरू चार स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले जानकारी दिए । पाँचवटै...

बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।...

रूपाकोट चिनाउने रिसोर्ट

क्षमता विस्तारपछि रूपाकोट रिसोर्टको कुल लगानी एक अर्ब ३० करोड पुग्ने रूपाकोटमै थप २० करोड लगानीमा ‘स्विङपार्क’ बनाइँदै, एक अर्ब लगानीमा ‘वल्र्ड भिलेज’ सञ्चालनमा ल्याइँदै  केही वर्षअघिसम्म पनि कास्कीको रूपाकोट पर्यटकको त्यति...

दुई दशकपछि कीर्तिपुरमा हल खुल्दा कस्तो छ दर्शकको चाप ?

झण्डै दुई दशकपछि कीर्तिपुरमा हल सञ्चालनमा आयो । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र उनको टिमले करिब २० करोड रुपैयाँको लगानीमा ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालनमा ल्याएको हो । बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपालका अधिकांश हलमा दर्शक फर्काएको छ । कीर्तिपुर सिनेप्लेक्समा भने कति दर्शक आए त ? हल सञ्चालक नरेन्द्र महर्जन भन्छन्, ‘हामीले अपेक्षा गरेअनुसार नै दर्शक […]

दाङमा २० करोड लगानीमा फनपार्क सञ्चालन

दाङ : घोराही उपमहानगरपालिका–१० अमराईमा रहेको दाङ फन भ्याली नामक फन पार्क सञ्चालनमा आएको छ। पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ।तुलसीपुर–१० की सीता नेपालीले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन्। उनले अन्य पार्कभन्दा यस पार्क धेरै राम्रो लागेको बताइन्। घोराही र तुलसीपुरको बीच भागमा रहेको र यातायातको पनि सहजता भएकाले बाह्य जिल्लाका पर्यटकहरू पनि घुम्न आउने उनले बताइन्।यो पार्क दाङका युवाहरूको संयुक्त लगानीमा सञ्चालन